images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोलिदेखि धनगढीमा मानवसेवा आश्रमको महायज्ञ ...

भोलिदेखि धनगढीमा मानवसेवा आश्रमको महायज्ञ हुँदै

भोलिदेखि धनगढीमा मानवसेवा आश्रमको महायज्ञ हुँदै

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • धनगढी । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली शाखाको आफ्नै भवन निर्माण गर्न धनगढीमा यही माघ २३ गतेदेखि महायज्ञ गर्न लागिएको छ।धनगढी–१ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना हुँदै गरेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को उद्घाटन मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने भएका छन्।

    images
    images

    माघ २३ गते बिहान १०ः३० बजे मानवता प्रेमी मनहरूका साथमा बाजागाजा, सांस्कृतिक झाँकी र कलशयात्राः पहिलो लेयरमा सडकआश्रित मानवहरूको परिदृश्य झल्काउने कलाकारहरूको टोली रहने छ।विभिन्न सांस्कृतिक बाजागाजासहित भुवा, हुड्केली, हलिया, पुतला, गौरा, सखिया, होली, देउडा, लाखेनाचसहित सांस्कृतिक झाँकीसहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा हुनेछ।

    कलश यात्रापश्चात औपचारिक रूपमा समुद्घाटन हुने समारोहमा मुख्यमन्त्रीको विशेष सम्बोधनसहितको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए।२३ गते अर्थात भोलिबाट सुरु हुने महायज्ञको तयारी पूरा भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले बताए।

    images
    images

    महायज्ञका लागि मानवसेवा आश्रमका अभियन्ता, अभिभावक, कर्मचारी र सबै शाखाबाट आएका अभिभावक तथा अभियन्ता ३ साता अघिदेखि महायज्ञ स्थलमा तयारीमा जुटेका छन्। संयोजक कुँवरका अनुसार महायज्ञस्थलमा १ हजार भन्दा बढी भक्तजन अटाउने पंडालको व्यवस्था गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend