images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव...

शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न

शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । पोखरा महानगरपालिका, वडा नं. ३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं। ३० वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गरे । उनले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । शिक्षा असल भए मात्र समाज असल मार्गमा जाने बताउँदै सुवेदीले वडा नम्बर ३० को नमुना विद्यालयका रूपमा शान्ति आविको विकास भएको हेर्न चाहेको धारणा राखे ।

    कार्यक्रममा शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले विद्यालयको विकासका लागि शैक्षिक र व्यवस्थापकीय नेतृत्वको समर्पणभाव हुनुपर्ने उदाहरण शान्ति आविले प्रस्तुत गरेको बताए । उनले विद्यालयको प्रगति यही गतिमा हुँदै गएमा शान्तिले आफूलाई छिटै आविबाट माविमा परिणत गर्ने दिन आउने आँकलन गरे । विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधिमा जोड दिइएको जानकारी दिए । 

    images
    images

    उनले विद्यालयले विभिन्न असल अभ्यास गर्दै आएको विवरणसमेत प्रस्तुत गरे । वि.सं.२०१३ मा स्थापित विद्यालयमा हाल कक्षा ८ सम्म २०१ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कडेलले जानकारी दिए । वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य विनोदप्रसाद लामिछानेले शान्ति आधारभूत विद्यालय वडा नम्बर ३० को गौरव भएको बताए । उनले विद्यालयको विकासका लागि आफू जुनसुकै त्याग र पहल गर्न तयार रहेको भनाइ राखे ।

    कार्यक्रममा शान्ति आवि वर्ष सम्मान २०८१ बाट शिक्षकहरू मेनसुबा गुरुङ र सरस्वती गौतमलाई सम्मान गरिएको थियो । त्यसै गरी विद्यालयलाई विभिन्न सहयोग गर्ने भरत सुनार, सरुण गुरुङ,  मीना सुवेदी, माया रानाभाट, भुवानीप्रसाद सुवेदी र कविता भुसाललाई सम्मान गरिएको थियो ।

    सोही कार्यक्रममा महिला नेतृ विन्दुकुमारी भण्डारीले ५५ हजार रुपियाँको छात्रवृत्ति अक्षयकोषका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीलाई चेक हस्तान्तरण गरिन् । उनले कोषमा समयानुकूल रकम थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।  विद्यालयका सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष नन्दबहादुर गुरुङ, नवज्योति सनत दुर्गा आविका प्र.अ. लीलामणि त्रिपाठी, कालिका मावि, पोखरा ३३ का प्र.अ. रुपिन्द्र प्रभावी, अभिभावक उत्तम तिवारी, नेकपा माओवादी वडा नं. ३० का उपाध्यक्ष जीवन ढकाल, विद्यार्थी दिया नेपालीलगायतले शुभकामना दिएका कार्यक्रममा विव्यस सदस्य गङ्गाराम तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेका थिए । 

    कार्यक्रमको सञ्चालन शिक्षिका विमला शर्माले गरेकी थिइन् । २०८० को वार्षिक शैक्षिक पुरस्कार, टीकाराम बास्तोला छात्रवृत्ति, खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend