images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति...

अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति अक्षयकोष स्थापना

अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति अक्षयकोष स्थापना

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • म्याग्दी (बेनी)। यहाँको रघुगङ्गा गाउँपालिका–२ र ३ राखु भगवती, पिप्ले क्षेत्रका सामुदायिक विद्यालयमा अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति दिन रु सात लाखको अक्षयकोष स्थापना गरिएको छ ।

    images
    images

    रघुगङ्गा गाउँपालिका–२ भगवती घर भई हाल बेलायतमा बसोबास गर्दै आएका खिमबहादुर क्षेत्रीले यहाँका १० वटा सामुदायिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गरेका हुन् । माध्यमिक विद्यालयहरु ज्ञानोदय मावि, रघुगङ्गा मावि, मुक्तिधाम मावि र कक्षा ८ सम्म पठनपाठन हुने सिद्धार्थ ज्ञानमन्दिरमा एक÷एक लाख राशिको अक्षयकोष स्थापना गरिएको छ ।

    त्यसैगरी, हिमालय आधारभूत, मालिका आधारभूत, अमरसिंह आधारभूत, अन्नपूर्ण आधारभूत, देउराली आधारभूत र धौलागिरि आधारभूत विद्यालयमा ५० ÷५० हजार राशिको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषदाता क्षेत्रीले आइतबार गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित प्रभु बैङ्कमार्फत सम्बन्धित विद्यालयको मुद्दति खातामा जम्मा हुनेगरी अक्षयकोष रकम हस्तान्तरण गरेका छन् ।

    images
    images

    सो अवसरमा अक्षयकोषदाता क्षेत्री र विद्यालयका प्रधानाध्यापकहरुबीच अक्षयकोष परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोषको ब्याज रकमबाट वार्षिक रुपमा विद्यालयका अनाथ र विपन्न छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

    ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत अनाथ तथा विपन्न छात्रछात्राहरुको शिक्षामा सहज पहुँच पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरेको क्षेत्रीले बताए । उनले यसअघि ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका लागि समेत रु ५० हजारको मुद्दति कोष स्थापना गरेका थिए । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend