images

२०८३ आश्विन २१ गते

images
images
images

बागमतीका करिब ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै

बागमतीका करिब ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • हेटौँडा । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बागमती प्रदेशका करिब ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । मंगलबारदेखि सुरु हुने अभियान अन्तर्गत प्रदेशका २ लाख ९८ हजार ३०५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको हो ।

    images
    images

    अभियानको औपचारिक उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयबाट बिहान ११ः ३० बजे सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियान अन्तर्गत मुख्यमन्त्री लामाले उक्त विद्यालयमा खटिएका प्राविधिकहरूलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक नरेन्द्र झाका अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत २२ माघदेखि ६ फागुनसम्म प्रदेशका १३ जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपीभी विरुद्धको खोप दिइने भएको हो । उनले प्रदेशका १३ जिल्लाका विद्यालयमा अध्ययनरत ६ कक्षादेखि १० कक्षासम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप दिन लागिएको बताए ।

    images
    images

    विद्यालय र खोप केन्द्रहरूबाट उक्त खोप दिइनेछ । निर्देशक झाले सबैभन्दा बढी काठमाडौँका १ लाख ११ हजार १०४ जना र सबैभन्दा कम रसुवामा एक हजार ६८६ जना किशोरीलाई उक्त खोप लगाइने निर्देशक झाले बताए ।उनका अनुसार ललितपुरका ३१ हजार ९८५, चितवनका ३१ हजार ५७०, मकवानपुरका २२ हजार ७१३, भक्तपुरका १९ हजार २९५, काभ्रेका १६ हजार ११३, सिन्धुलीका १४ हजार ६२२, धादिङका १३ हजार ९७३, नुवाकोटका ११ हजार १७८, सिन्धुपाल्चोकका १० हजार ४६८, रामेछापका ७ हजार ७८ र दोलखाका ६ हजार ५२० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइने छ ।

    खोप अभियान सञ्चालनका लागि ८ हजार ७३६ स्वयंसेवक र ४ हजार ३२४ जना कर्मचारी खटाइने भएको छ ।निर्देशक झाले खोप विद्यालयका ६ कक्षादेखि १० कक्षासम्मका २ लाख ७५ हजार ७१ जना किशोरी तथा विद्यालय बाहिरका २३ हजार २३४ जना किशोरीलाई लगाइने लक्ष्य रहेको बताए । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष २ हजार २०० महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको भने १ हजार ३०० महिलाको निधन हुने गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend