images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • छ महिनामा बैंकहरुले कर्मचारी तलबमा खर्चिए...

छ महिनामा बैंकहरुले कर्मचारी तलबमा खर्चिए साढे २८ अर्ब - सबैभन्दा धेरै खर्च गर्ने को ?

छ महिनामा बैंकहरुले कर्मचारी तलबमा खर्चिए साढे २८ अर्ब - सबैभन्दा धेरै खर्च गर्ने को ?

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं ।वाणिज्य बैंकहरुले छ महिनाको अवधिमा कर्मचारीहरूको तलबमा मात्रै साढे २८ अर्ब बढी रकम खर्च गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कर्मचारीको तलब सुविधामा मात्र बैंकहरुले २८ अर्ब ६३ करोड ६२ लाख ४१ हजार रकम खर्च गरेका हुन् ।

    images
    images

    सबैभन्दा धेरै खर्च गर्ने को ?

    छ महिनाको अवधिमा कर्मचारी तलबमा सबैभन्दा धेरै खर्च गर्ने बैंकमा कुमारी र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

    images
    images

    कुमारी बैंक - २ अर्ब ५ करोड ८३ लाख ९० हजार 

    राष्ट्रिय वाणिज्य बैंक - २ अर्ब १ करोड १३ लाख ३१ हजार 

    अन्य कुनले कति गरे खर्च ?

    यो  छ महिनाको अवधिमा एनआईसि एशिया बैंकले १ अर्ब ९२ करोड ९४ लाख ७३, प्रभु बैंकले १ अर्ब ८७ करोड ५९ लाख १८ हजार, लक्ष्मी सन्राइज बैंकले १ अर्ब ८७ करोड ५७ लाख १४ हजार, नबिल बैंकले १ अर्ब ८६ करोड ६७ लाख ४२ हजार, ग्लोबल आइएमई बैंकले १ अर्ब ८४ करोड ४४ लाख ९१ हजार, नेपाल बैंकले १ अर्ब ७९ करोड ७३ लाख ४८ हजार रूपैयाँ खर्च गरेका छन् ।

    यस्तै, उक्त समयावधिमा  कृषि विकास बैंकले १ अर्ब ७३ करोड ६१ लाख ३२ हजार, हिमालयन बैंकले १ अर्ब ५७ करोड ६७ लाख ४१ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड ४ लाख ५९ हजार, सिद्धार्थ बैंकले १ अर्ब ३५ करोड ४६ लाख ७९ हजार, एनएमबि बैंक १ अर्ब ३२ करोड ७२ लाख ८० हजार, माछापुच्छ्रे बैंकले १ अर्ब १३ करोड ६६ लाख ४४ हजार, एभरेष्ट बैंकले ९१ करोड ८७ लाख ६३ हजार, प्राइम कमर्सियल बंकको ८५ करोड ९१ लाख, सिटिजन्स बैंकले ८३ करोड ८९ लाख १ हजार, सानिमा बैंकले ८२ करोड  ७४ लाख ६६ हजार, नेपाल एसबीआई बैंकले ७३ करोड ७६ लाख ४६ हजार खर्च गरेका छन् ।  

    सबैभन्दा कम खर्चिनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक

    छ महिनाको अवधिमा कर्मचारी तलबमा सबैभन्दा कम खर्च गर्ने बैंकमा भने स्ट्याण्डर्ड र्टर्ड बैंक रहेको छ । बैंकले छ यो महिनाको अवधिमा कर्मचारी तलबमा ५४ करोड ३० लाख २३ हजार खर्च गरेको छ ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend