images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • आरविवि मर्चेन्ट बैंकिङको १० औँ वार्षिकोत्सव...

आरविवि मर्चेन्ट बैंकिङको १० औँ वार्षिकोत्सव सम्पन्न

आरविवि मर्चेन्ट बैंकिङको १० औँ वार्षिकोत्सव सम्पन्न

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले १०औँ वार्षिकोत्सव मनाएको छ । सञ्चालक समितिका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा वार्षिकोत्सव मनाइएको हो । 

    images
    images

    उक्त अवसरमा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, विशेष अतिथि राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिडिएस एण्ड क्लियरिङ लि.का प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक लगायतको उपस्थिति रहेको थियो। कम्पनीको ९ वर्षमा भएका कार्य प्रगतिमा संस्थाको आर्थिक वर्ष २०७३\७४ मा ०.३५ रुपैयाँ ईपीएस रहेकोमा २०८०\८१ मा १९.०७ रुपैयाँ प्रति सेयर ईपीएस कायम भएको छ । 

    साथै, आ.व २०७३\७४ मा १००.७५ रुपैयाँ नेट वर्थ रहेको मा आ.व २०८०\८१ मा १२८.०५ रहेको छ । कुल आयमा आर्थिक वर्ष २०७३र७४ देखि आ.व २०८०\८१ मा आइपुग्दा २०१ प्रतिशतले वृद्धि भएको र खुद मुनाफामा ६६० प्रतिशतले वृद्धि गरी आ.व.२०८०\८१ मा १८ प्रतिशत नगद लाभांशसमेत गरी कुल ५३.६६ प्रतिशत नगद लाभांश राष्ट्रिय वाणिज्य बैंकलाई दिएको छ। यसरी समग्र रूपमा आर्थिक प्रगतिका सूचकांकहरूलाई हेर्दा कम्पनीको मुनाफामा उल्लेख्य वृद्धि भएको छ । 

    images
    images

    सो, अवसरमा राष्ट्रिय वाणिज्य बैंक लि .का शाखा कार्यालयहरूमध्ये उत्कृष्ट हितग्राही खाता खोल्ने १० वटा शाखा कार्यालयहरू, बानेश्वर, कीर्तिपुर, इटहरी, चरिकोट, ललितपुर, नक्साल, सल्लेरी, सुर्खेत, हेटौडा, बालाजु शाखाहरूका शाखा प्रमुखहरूलाई सम्मान गरियो । साथै, संस्थाका २ जना उत्कृष्ट कर्मचारीहरूलाई सम्मान पत्रका साथै नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend