images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • सूर्यविनायक–धुलिखेल सडकको ६ लेन विस्तारको कामको...

सूर्यविनायक–धुलिखेल सडकको ६ लेन विस्तारको कामको प्रगति कछुवाको गतिमा

सूर्यविनायक–धुलिखेल सडकको ६ लेन विस्तारको कामको प्रगति कछुवाको गतिमा

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौँः अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेल सम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले केही समय अघि देखि मात्र गति लिएको छ।

    images
    images

    भक्तपुर सूर्यविनायक बाट साँगा सम्म र साँगाबाट धुलिखेल सम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तारको कार्य वि.सं. २०७९ पुस २४ बाट सुरु गरी ३६ महिना भित्र सम्पन्न गर्नेगरी काम सुरु गरिए पनि अहिले सम्म करिब ३० प्रतिशत (कछुवाको गतिमा) मात्रै प्रगति भएको आयोजनाले जनाएको छ।

    सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडक खण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडक खण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

    images
    images

    सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेल सम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ ।

    अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसैगरी सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती, तल ठूलो भिर भएकाले काम गर्न केही अप्ठ्यारो परेको छ ।

    आठ अर्ब भन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडक खण्डमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ अर्थात् सात प्रतिशत मात्रै बजेट निकासा गरेको छ।

    सरकारले सम्झौता अनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सकिने आयोजनाको दाबी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend