images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • सहकारीमैत्री ऐन, नियमहरु आवश्यकता महशुस गरेर...

सहकारीमैत्री ऐन, नियमहरु आवश्यकता महशुस गरेर नयाँ अध्यादेश

सहकारीमैत्री ऐन, नियमहरु आवश्यकता महशुस गरेर नयाँ अध्यादेश

images
images
शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले समायानुकुल सहकारी मैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन् । 

    images
    images

    शनिबार नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा भएको ‘नेपाली काङ्ग्रेस र सहकारी’ विषयक एक दिने विचार गोष्ठी कार्यक्रममा उनले सहकारीका कारण गरिबी निवारण र सशक्तिकरण हुने भन्दै यसको लागि आवश्यक अध्यादेश ल्याएको बताए । 

    उनले भने, ‘सहकारीका कारण गरिबी निवारण, सशक्तिकरण, लोकतान्त्रिक समाजवादको स्थापना हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर यसका लागि सरकारले समयानुकुल सहकारी मैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महशुस गरेर नयाँ अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा मेरो पूर्ण विश्वास छ ।’

    images
    images

    यसको साथै, उनले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, नीजि र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ स्पष्ट भएको बताए । 
    नेपाली काङ्ग्रेसले सहकारीको मर्म र भावना अनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पु¥याउन अभियानको रुपमा विस्तार गर्न लागेको पनि उनको भनाई छ । 

    उनले नेपाली काङ्ग्रेस सहकारी विभागले सातै प्रदेशमा सहकारी समस्या, चुनौती र समस्या समाधानका लागि विभिन्न काम गरेको भन्दै खुशी व्यक्त गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य एवम सहकारी विभागका प्रमुख देवेन्द्रराज कडेंलले सहकारी क्षेत्रमा विश्वसनीयता जोगाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend