images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • गणपति लघुवित्तको १४ प्रतिशत नाफासँगै...

गणपति लघुवित्तको १४ प्रतिशत नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

गणपति लघुवित्तको १४ प्रतिशत नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं ।  गणपति लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यस लघुवित्तको खुद नाफा १४.९७ प्रतिशतले बढेर १ करोड २३ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    images
    images

    यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ४२.९४ प्रतिशतले बढेर ७ करोड ५० लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस अवधिमा यसले ५ करोड २५ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा १४।९७ प्रतिशतले बढेर १ करोड ७६ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

    पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ १२ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend