images

२०८३ आश्विन १६ गते

images
images
images
  • पूर्वाधार
  • म्याग्दीको दुर्गम चेचुङ गाउँ सडक सञ्जालमा...

म्याग्दीको दुर्गम चेचुङ गाउँ सडक सञ्जालमा जोडियो

म्याग्दीको दुर्गम चेचुङ गाउँ सडक सञ्जालमा जोडियो

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • म्याग्दी ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४ को चेचुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । 

    images
    images

    अपर म्याग्दी जलविद्युत आयोजनाले धवलागिरी गाउँपालिका र वडा कार्यालयको समन्वयमा नाउरादेखि चेचुङ जोड्ने सडक निर्माण गरेको हो । प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत स्थानीयको माग अनुसार करिब दुई महिना डोजर परिचालन गरेर नाउरा देखि चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण गरेको अपर म्याग्दी जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए। 

    सडकबाट चेचुङका १९ घरपरिवार लाभान्वित भएका छन् । जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । स्थानीयबासी चक्रबहादुर घर्तीले सडक निर्माण भएपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको बताए । स्थानीयबासीलाई आवत जावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि र पशुजन्य वस्तु बजार पठाउन सहज भएको घर्तीले बताए । 

    images
    images

    सडक पुगेपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । मार्ग खुलेको सडकको स्तरोन्नति गरेर सहज र नियमित रुपमा यातायात सञ्चालनको ब्यवस्था मिलाउने धवलागिरी गाउँपालिकाका जनप्रतिनिधीले बताएका छन् ।हाइड्रो इम्पायर प्रा।लि। प्रर्वद्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलीब्रिज जडान गरेको छ । 

    हाइड्रो भिलेज प्रर्वद्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनासँगको साझेदारीमा नाउरामा म्याग्दी नदीमाथी ३६ मिटर लामो बेलिब्रिज जडान गरेको अपर म्याग्दीको एकल लगानीमा नाउरा स्थित बाँध निर्माण स्थलमा अर्को बेलिब्रिज निर्माणको तयारी गरेको छ । यसअघि गत वर्ष म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाहरुको लागत साझेदारीमा धवलागिरी गाउँपालिका–४ को लामोछहरा केङ्की देखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो । म्याग्दी खोला जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने बगर गाउँमा पनि यसैबर्षभित्र सडक पुग्दैछ । 

    मालिका –७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँच निर्माण गर्न सो क्षेत्रमा निर्माणका क्रममा रहेका अपर म्याग्दी, अपर म्याग्दी –१, म्याग्दीखोला जलविद्युत आयोजनाले साझेदारी गरेका छन् ।  पहुँचमार्ग, आवास र सैनिक क्याम्पको भवन, जेनेरेसनलाइन निर्माण सकिएको आयोजनाको सुरुङ, बाँध र विद्युतगृह निर्माणको तयारी गरेको आयोजना प्रमुख रमेश सुवेदीले बताए । अबको दुई वर्ष पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार कम्पनी परिचालित भइसकेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend