images

२०८३ आश्विन २१ गते

images
images
images

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं । नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख ४८ हजार ३२३ पुगेको हो ।

    images
    images

    त्यस्तै, अन्य संस्थागत स्थायी लेखा दर्ता सङ्ख्या १९ लाख ९३ हजार ७२४ पुगेको छ । मूल्य अभिवृद्धि करमा दर्ता सङ्ख्या ३ लाख ३८ हजार ३१६ र अन्तःशुल्क इजाजत दर्ता सङ्ख्या १ लाख २१ हजार ६८२ पुगेको विभागले जनाएको छ ।

    विथहोल्डर स्थायी लेखा नम्बर दर्ता सङ्ख्या ३४ हजार ६३८ पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।अर्धवार्षिक अवधिमा अन्तःशुल्क लक्ष्यको नजिक, शिक्षा कर १७८ प्रतिशत बढी आन्तरिक राजस्व विभाग चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अन्तःशुल्क सङ्कलनमा करिब लक्ष्यको नजिक पुगेको देखिएको छ ।

    images
    images

    पुस मसान्तसम्म विभागले ५७ अर्ब ४६ करोड ४१ लाख १९ हजार रुपैयाँ अर्थात लक्ष्यको ९५.६० प्रतिशत अन्तःशुल्क सङ्कलन गरेको छ ।

    त्यस्तै, विभागले समीक्षा अवधिमा लक्ष्यको तुलनामा आयकर ७८.२७, घरबहाल कर ६०.०४, ब्याज कर, ७१.४२ र मूल्य अभिवृद्धि कर ८५.५३ प्रतिशत सङ्कलन गरेको छ । त्यस्तै सो अवधिमा निर्धारित लक्ष्यको तुलनामा विभागले स्वास्थ्य सेवाकर ७५.६२, शिक्षा कर १७८.६७, र अन्य कर ३८५९.४४ प्रतिशत हासिल गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend