images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे सांसद भट्टराईको...

पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे सांसद भट्टराईको १९ बुँदे धारणा सार्वजनिक

पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे सांसद भट्टराईको १९ बुँदे धारणा सार्वजनिक

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका बारेमा १९ बुँदे धारणा सार्वजनिक गरेका छन्।काठमाडौंमा पत्रकार सम्मेलन गरेर सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको बताए ।

    images
    images

    पाथीभरा क्षेत्र विकास समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्ष करिब ३ लाख तीर्थालु र पर्यटकहरूले पाथीभरा भ्रमण गरेका थिए भने वर्षेनी यो संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको बताएका छन् ।

    ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले जिल्लाका सबै राजनीतिक दल र सबै तहका जनप्रतिनिधि केबलकार बन्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट पार्दै त्यसबाट जिल्लाबासी र स्थानीय जनताले लाभ पाउनुपर्ने बताएका छन् ।

    images
    images

    उनले केबलकार प्रभावित क्षेत्रका नागरिकलाई शुलभ शेयरको व्यवस्था गर्न र केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्ने पत्रकार सम्मेलनमा बताएका छन् ।

    ताप्लेजुङमा निर्माणाधिन पाथीभरा देवि मुकुम्लुङ केबलकार सम्बन्धमा सांसद भट्टराईको १९ बुँदे धारण

    योगेश भट्टराई
    प्रतिनिधिसभा सदस्य,ताप्लेजुङ

    १) संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पुरा गरेर पाथीभरा देवि मुकुम्लुङ केबलकार प्रा।लिले ताप्लेजुङमा अवस्थीत पाथीभरामा केबलकार निर्माणके काम शुरु गरेको हो ।

    २) ताप्लेजुङ जिल्लामा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरु केबलकर बन्नु पर्छ भन्ने पक्षमा रहेका छन ।

    ३) केबलकार निर्मणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घट्नापुग्यो ।

    ४) पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रुपले सुन्दर पर्यटकीय स्थल हो।

    ५) जहाँ बर्षेनी नेपालका विभिन्न भाग ,भारतका सिक्किम,दार्जिलिङ,असाम, पश्चिम बंगाल,उत्तरप्रदेश,विहार लगायतक क्षेत्रबट ठूलो मात्रामा श्रद्धालु दशनार्थी आउने गरेका छन ।

    ६) पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्याङ्क अनुसार गतवर्ष करिब ३ लाख तिर्थालु र पर्यटकहरुले पाथीभरा भ्रमण गरेका थिए भने बर्षेनी यो संख्या उल्लेख्य मात्रामा बृद्धि हुँदै गएको छ ।

    ७) पाथीभरालाई शक्तिको प्रतिक देविको रुपमा बुझिन्छ खस,आर्य लिम्बु राई (किराँत) गुरुङ,तामाङ शेर्पा,मगर,नेवार,लगायतका सवै जात र विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मालम्बीहरुले समान रुपले अस्था र विश्वास दर्शाउने साझा स्थल हो पाथीभरा ।

    ८) ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार,जलश्रोत,पर्यटन र कृषि हो । तुलनात्मक रुपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो । ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ । त्यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गरेर ताप्लेजुङबासीहरुको आर्थिक रुपान्तरणम उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङबासीहरुको साझा धारणा रहेको छ ।

    ९) भौगोलिक रुपले विकट ठाँउमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस बृद्ध–बृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबलकर उपयुक्त विकल्प हुनेम दुईमत छैन ।

    १०) केबलकार को निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने अनुमान गरिएको छ । यसबाट ताप्लेजुङबासीको रोजगारी,आर्थिक उपार्जन,स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र सम्रगतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।

    ११) निर्माण कम्पनीले प्रस्तुत गरेकोम्एच् र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताब तथा वातावणीय प्रभाव मुल्याङकन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन। पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ । पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिईने छैन । रुख तथा पोल गरेर २११२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन ।

    १२) ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत्त आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरु तथा विदेशमा रहुन भएका नेपाली दिदीबहिनी तथा दाजुभाईले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौ । र धन्यवाद ब्यक्त गर्दै ताप्लेजुङबासीहरुको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सवैमा निवेदन गर्दछु ।

    १३) २०८१ मघ १२ गतेको घटना प्रति दुख ब्यक्त गर्दछु । त्यसक्रममा घाईते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी,शसस्त्र प्रहरी बलका जवानहरु तथा नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।साथै घाईतेहरुको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछु ।

    १४) पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलापहरु अघि बढाउन माग गर्दछु ।

    १५) लोकतन्त्रम विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान बार्ता र संवादकोृ माध्यमबाट गरिनु पर्दछ । परिस्थीतिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाब भडकिने खालका गतिविधिले कसैको हित गर्दैन ।यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरप्mतार भएका ब्यक्तिहरु रिहा गर्न, घाईतेहरुको उपचारको ब्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।

    १६) केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष,राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षिय समिति निर्माण गर्न उपयुक्त हुनेछ । साथै केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्वाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्दछ ।

    १७) केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निशुल्क सेवा दिने घोषणा गर्नु पर्दछ । प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको ब्यवस्था गर्नु पर्दछ । रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ । केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ स्थानीय शिक्षा,स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ ।

    १८ पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मूख्यमन्त्रीले लिनु भएको तत्परर्ताप्रति धन्यवाद ब्यक्त गर्दछु ।कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु ।

    १९) ताप्लेजुङको सम्रग विकासमा एकताबद्ध रुपले अघि बढ्न सवै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गर्दछु । सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सवैमा अपिल गर्दछु ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend