images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब दिँदै...

सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब दिँदै स्थानीय तह

सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब दिँदै स्थानीय तह

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब दिन सुरु गरिएको छ। संघीय सरकारले शिक्षकलाई मासिक रुपमै तलब दिन स्थानीय तहलाई आग्रह गरेपछि कतिपय स्थानीय तहहरूले तलब दिन सुरु गरेका हुन्।

    images
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई मासिक तलबको आग्रह गरेको थियो।

    इलामको सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको मासिक तलब भत्ता बापतको रकम सिधै सम्बन्धित शिक्षक कर्मचारीहरूको खातामा ईएफटी मार्फत पठाउने अन्तिम तयारी सकेको छ।

    images
    images

    त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले दुई वर्षदेखि शिक्षकलाई सिधै बैंक खातामा तलब जम्मा गर्दै आएको छ।

    चितवनको खैरहनी नगरपालिका, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, खोटाङको  रावा बेसी गाउँपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि शिक्षकलाई मासिरक तलब दिँदै आएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend