images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ प्रतिशत...

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ प्रतिशत बढ्यो

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ प्रतिशत बढ्यो

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा समीक्षा अवधिमा १४ प्रतिशत बढेको छ ।

    images
    images

    कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २३ करोड ४७ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७१ पैसा छ ।

    खुद प्रिमियम आम्दानी बढेको छ । पहिले यस्तो आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ३३ करोड छ । खुद प्रिमियम आम्दानीका अलवा लगानीवापतको आम्दानी पनि बढेको छ । जसले गर्दा नाफामा टेवा पुगेको देखिन्छ ।

    images
    images

    ५ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ छ भने विपत्ति कोष आकार २१ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा छ । मंगलबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४८३ रुपैयाँ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend