images

२०८३ आश्विन १६ गते

images
images
images

शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम

शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • गोदावरीः कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नाली सहितका पूर्वाधारको काम सकेर नौसय मिटरमा कालोपत्र गर्ने काम सुरु गरेको हो।

    images
    images

    सो सडकको नौसय मिटर सडक कालोपत्र गर्नका लागि गत आर्थिक वर्ष २०८०।८१ को बैशाखमा एक करोड ९५ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईँका अनुसार उक्त सडकमा नाली सहितका पूर्वाधारको काम सकेर कालोपत्र गर्ने काम अघि बढेको छ।

    उनले फागुन मसान्त भित्र सडक कालोपत्र सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको छ। चौमाला बजार क्षेत्र देखि उत्तरी भेगको नौसय मिटर कालोपत्रको काम शिलान्यास भएको १७ वर्षपछि सुरु भएको बताए।

    images
    images

    चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालयले उक्त सडकको चुरे फेदी सम्म थप पाँच किलोमिटर कालोपत्र गर्नका लागि १० करोड रूपैयाँ बजेट संघीय सरकार सँग माग गरेको छ। चुरे क्षेत्रको सडक कालोपत्र तथा स्तरवृद्धिका लागि थप बजेट माग गरेको इन्जिनियर चौलागाईँको भनाइ छ।

    संघीय सरकारले सडक डिभिजन कार्यालयले गरेको माग अनुसार १० करोड रूपैयाँ बजेटको सुनिश्चितता प्रदान गरेमा थप पाँच किलोमिटर सडकको स्तरवृद्धि गरिने उनले जानकारी दिए। चौमाला बजारदेखि खैराला जोड्ने उक्त सडकको २०६४ चैत २८ गते शिलान्यास गरिएको थियो। चौमाला–खैराला सडकको शिलान्यास गरेको १७ वर्षपछि सडकको स्तरवृद्धि गरिन थालेपछि सडक निर्माणले पूर्णता पाउने आशा पलाएको चुरे गाउँपालिका–४ का स्थानीय प्रेम गुरुङको भनाइ छ।

    चौमाला–खैराला सडकको स्तरवृद्धि नहुँदा हरेक वर्षायाममा यातायात सञ्चालनमा समेत समस्या हुँदै आएको उनले बताए। चौमाला–खैराला सडकको चुरे क्षेत्रमा स्तरवृद्धि भएमा आवागमनमा सहजता सँगै त्यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार पाउने उनको भनाइ छ।

    चौमाला देखि ऐतिहासिक गर्भा दरबार सम्मको सडकको लम्बाइ २४ किलोमिटर रहेको छ। कैलालीको चुरे–४ खैराला सुन्तला, बेसार, अदुवा, अमिलो, कागतीको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend