images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेको इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने...

नेको इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

नेको इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं ।  नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज माघ १५ गते मंगलबार अन्तिम दिन हो ।कम्पनी हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्दैछ ।

    images
    images

    भोलि र पर्सी क्रमशः सहिद दिवस र सोनम ल्होसार परेकाले नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । यी २ दिन नेप्से बन्द रहन्छ। यसर्थ,आज माघ १५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र नेकोको हकप्रद सेयर भर्न पाउनेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। कम्पनीले १ः०.२५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ।

    कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। यसबाट ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ संकलन हुनेछ।

    images
    images

    नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ कायम हुनुपर्ने निर्देशन दिएको छ। कम्पनीले सोही दरमा चुक्ता पूँजी कायम गर्न हकप्रद निष्कासन गर्न लागेको हो। हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend