images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • बाहिरबाट खरिद गर्नुभन्दा शिक्षकलाई नै तालिम...

बाहिरबाट खरिद गर्नुभन्दा शिक्षकलाई नै तालिम दिएर शैक्षिक सामग्री निर्माण

बाहिरबाट खरिद गर्नुभन्दा शिक्षकलाई नै तालिम दिएर शैक्षिक सामग्री निर्माण

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • पाल्पा । कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री रामपुर नगरपालिकाले तयार पार्न थालेको छ। दैनिक कक्षाकोठामा शैक्षिक प्रयोजनका निम्ति शैक्षिक सामग्री अनिवार्य प्रयोग हुने भएकाले बाहिरबाट सामग्री खरिद गर्नुभन्दा शिक्षकलाई ज्ञान, सीप प्रदान गरेर स्थानीय सामग्रीबाट निर्माण नगरपालिकाले सुरुवात गरको हो।

    images
    images

    नगरभित्रका ६० विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि व्यावहारिक ज्ञान, सीप दिइएको छ। प्राथमिक तहका ३० र आधारभूत तह र माध्यमिक तहका ३० शिक्षकलाई शैक्षिक सामग्री निर्माणसम्बन्धी सीप सिकाइएको छ।

    शिक्षणकार्यमा सैद्धान्तिक ज्ञान, सीपमात्र नभई व्यावहारिक कुरा शिक्षण गरिनुपर्ने भएकाले विद्यार्थीलाई सरल माध्यमबाट बुझाउन, स्थानीयस्तरमा नै भएका स्रोतसाधन प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम दिइएको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताए।

    images
    images

    स्थानीयस्तरमा प्राप्त स्रोतसाधनबाट थोरै समय र बिनालगानी शैक्षिक सामग्री निर्माण गरी राम्रो र रमाइलो वातावरणमा कक्षा शिक्षणका सीप सिकाइएको उनको भनाइ छ।नगर उपप्रमुख बालकुमारी थापाले शैक्षिक सुधार र विकासका लागि ‘बुक फ्रि फ्राइडे’ लगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र हरेक विद्यालयमा हुने कक्षा शिक्षणलाई प्रभावकारी बनाउन स्थानीय सामग्रीको प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गर्न थालिएको बताइन्।कक्षाकोठामा प्रयोग हुने सामग्री बनाउने तरिका, यसको व्यवस्थापन, प्रयोग विधि, स्रोतसाधनको संकलन, शैक्षिक सामग्रीको प्रस्तुतिकरण कसरी गर्नेलगायत विषयमा सहभागी शिक्षकलाई जानकारी दिइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend