images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • 'नो केबलकार समूह'द्वारा मेची राजमार्ग र...

'नो केबलकार समूह'द्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द

'नो केबलकार समूह'द्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • मोरङ । ‘नो केबलकार समूह’ ले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर उनीहरूले राजमार्ग र करिडोर बन्द गराएका हुन् ।

    images
    images

    आज बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले मोटरसाइकल र अटोसमेत सञ्चालनमा रोक लगाएका छन् । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म पर्छ । यता तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ । मूलघाट हुँदै धनकुटाको भेडेटार भएर धरान र चतरा जोडिन्छ ।

    मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने, १२ गते पक्राउ परेका दुई जनालाई रिहा गर्नु पर्ने लगायतका माग राखेका छन् । प्रहरीले लक्ष्मण लिम्बू र चन्द्र सागर लिम्बूलाई १२ गते काफ्लेपाटीबाट नियन्त्रणमा लिएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend