images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क उच्च शिक्षा...

अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क उच्च शिक्षा दिन अदालतको आदेश

अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क उच्च शिक्षा दिन अदालतको आदेश

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौँ । उच्च अदालत पाटनले सार्वजनिक शैक्षिक संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क उच्च शिक्षा उपलब्ध गराउन आदेश जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनप्रशासन क्याम्पसले निःशुल्क पढाउन अस्वीकार गरेपछि दृष्टिसम्बन्धी अपाङ्गता भएका मदन रोकायाले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।

    images
    images

    संविधान, कानुन र सर्वोच्च अदालतको नजिर बमोजिम अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क उच्च शिक्षाको अधिकारबाट वञ्चित गराएको भन्दै उनी अदालत पुगेका थिए । रोकायाले दसैँ अगाडि स्नातक तहमा बेचुलर अफ पब्लिक एडमिनिस्ट्रेशन विषय पढ्न खोजेका थिए । क्याम्पस प्रशासनसँग निःशुल्क पढ्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । तर, क्याम्पस प्रशासनले निःशुल्क पढाउन नसकिने भनेपछि उनी अदालत पुगेका थिए । अदालतले रोकायलाई कुनै शुल्क नलिई निःशुल्क रूपमा अध्ययन गर्नदिन जनप्रशासन क्याम्पसको नाममा परमादेशको आदेश जारी गरेको हो ।

    माघ ७ गते न्यायधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले परमादेशको आदेश जारी गरेको हो ।474225276_1013153774175994_1942768988526309325_n

    images
    images

    घटना के हो ?

    जनप्रशासन क्याम्पसले २०८१÷०५÷१५ गते स्नातक तह जनप्रशासन विषयको लागि ‘सीम्याट’ परीक्षा लिएको थियो । त्यसका लागि दृष्टिसम्बन्धी अपाङ्गता भएका मुगुका रोकायाले समेत आवेदन दिएका थिए । प्रवेश परीक्षामा पास भए ।

    पास भएपछि उनले आफूले पैसा तिर्न नसक्ने र निःशुल्क रूपमा भर्ना गरिदिनु क्याम्पस प्रशासन, त्रिवि डीन कार्यालय लगायतका निकायमा अनुरोध गरे । तर, कहीँ कतैबाट निःशुल्क रूपमा पढाउन नसकिने बताए । जनप्रशासन क्याम्पसले जनप्रशासन विषयका लागि प्रति सेमिस्टर २८ हजार रुपैयाँ शुल्क लिने गरेको छ । आफू दुर्गम जिल्लाको भएको र त्यसमा दृष्टिसम्बन्धीको अपाङ्गता भएको तथा आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले निःशुल्क पढ्न पाउने व्यवस्था गरिदिनु अनुरोध गरेका थिए ।

    क्याम्पस प्रमुख, डीन कार्यालय, रजिष्ट्रारको कार्यालयले निःशुल्क पढाउन नसकिने बताएपछि आफू अदालत गएको उनको भनाइ छ ।

    नेपालको संविधानको धारा ३१(३), अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षाको अधिकार प्रदान गरेको उनले बताए ।

    तर, क्याम्पसले निःशुल्क पढ्न नदिने भनेपछि त्रिभुवन विश्वविद्यालय, डीनको कार्यालय, शिक्षा मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर कात्तिक ७ गते उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले परमादेशको आदेश जारी गर्दै उनलाई निःशुल्क पढ्न दिन आदेश जारी गरेको हो ।

    नेत्रहीन युवा संघका महासचिव अर्जुन रावलले अदालतको उक्त आदेशले अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क पढ्न पाउने बाटो खुलेको बताए । अपाङ्गता भएका सबै व्यक्तिहरूलाई निःशुल्क उच्च शिक्षा प्राप्त गर्न महत्त्वपूर्ण नजिर कायम गरेको बताउँदै उनले यसले हरेक अपाङ्गता भएका व्यक्तिको अधिकार र अवसर सुनिश्चित गर्ने अभियानको नतिजा भएको बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend