images

२०८३ आश्विन २१ गते

images
images
images

पाल्पामा १० हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

पाल्पामा १० हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • पाल्पा । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप दिइने भएको छ ।संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार जिल्लाका दश स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने दश हजार ४५८ जना किशोरीहरुलाई एचपीभी खोप दिइने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए ।

    images
    images

    विद्यालयमा अध्ययनरत दश हजार ३८८ जना र विद्यालय बाहिर रहेका ७० जना छात्राहरु यो कार्यक्रममा सहभागी हुनेछन् । दुई चरणमा सञ्चालन हुने अभियानमा २३५ वटा विद्यालय र ७७ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

    खोप अभियानमा ३१५ भ्याक्सिनेटर स्वास्थ्यकर्मी र ६२७ स्वयमसेवक परिचान हुनेछन् । पहिलो चरण माघ २२ गते देखि २६ गतेसम्म पाँच स्थानीय तह र  दोस्रो चरण माघ २८ देखि फागुन ४ गतेसम्म ५ स्थानीय तहमा गरी अभियान सञ्चालन हुने तयारी भएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिए ।विद्यालय बाहिर रहेका किशोरीलाई स्वास्थ्य चौकीमा खोप केन्द्र बनाएर अभियानमा सहभागी बनाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    images
    images

    कार्यक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवालाले पहल गर्नुपर्ने र त्यसका लागि विद्यालय र पालिकास्तरका स्वास्थ्य शाखाले प्रभावकारी भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend