images

२०८३ आश्विन २१ गते

images
images
images

पश्मिनाका लागि पकेट क्षेत्र घोषणा गर्न उद्योगीको माग

पश्मिनाका लागि पकेट क्षेत्र घोषणा गर्न उद्योगीको माग

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौँ ।  पश्मिना उद्योगीहरूले पश्मिनाका लागि पकेट क्षेत्र घोषणा गर्न माग गरेका छन् । अर्बौं मूल्यको पश्मिना विदेश पठाइरहेका उद्योगी एवम व्यवसायीहरूका लागि सरकारले चासो नदेखाएको उनीहरूको गुनासो छ । 

    images
    images

    नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले सरकारले प्रविधि सुरक्षासहित भेडा च्याङ्ग्राको लागि हिमाली भेगमा पकेट क्षेत्र घोषणा गरिदिनुपर्ने बताए ।सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित ‘पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ बनाए पनि प्रभावकारी कार्यान्वयन नभएको उनीहरूको भनाइ छ ।

    पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा माग उच्च भएपनि सो अनुसारको उत्पादन गर्न नसक्दा निर्यात बढाउन नसकिएको साथै कच्चा पदार्थको अभाव भएको व्यवसायीहरूको गुनासो छ ।नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको कच्चा पदार्थका लागि हिमाली भेगमा भेडा च्याङ्ग्राको चरण क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताए । हिमाली भागमा भएको चरण क्षेत्रलाई व्यवस्थित बनाएर पकेट क्षेत्र घोषणा गरिदिनुपर्ने उनको माग छ । 

    images
    images

    उनले भने, “पश्मिनाको कच्चा पदार्थको सवालमा नेपालको हिमाली भागमा भएको चरण क्षेत्र अथवा खर्कहरू छन् जहाँ लाखौंलाख भेडा च्याङ्ग्रा पाल्न सकिन्छ । त्यो क्षेत्रमा कतै निकुञ्जले बिथोल्ने, कतै गाउँका मुखियाहरूले चराउन दिदैनन् । बाटो छैन । व्यवस्थित तरिकाले भेडा च्याङग्रा पाल्ने हो भने कच्चा पदार्थमा आत्मनिर्भर रहने थियौँ,” उनले अगाडि भने, “पश्मिनाको पकेट क्षेत्र बनाएर पश्मिना, कार्पेट, तयारी पोशाकलाई चाहिने सामग्रीहरूका लागि पश्मिनाको पकेट क्षेत्र घोषणा गरिदियोस् । किसानका च्याङग्राहरूको बिमा गरिदियोस् । हिउँ परेर खान नपुग्ने ठाउँमा सरकारले दानाको व्यवस्था गरिदियोस् । बजार हामी ग्यारेन्टी गर्छौँ ।”

    अध्यक्ष लामिछानेले ५० अर्बको निर्यात गर्ने बस्तुगत संघ सङ्गठन एकैठाउँमा रहेकाले सरकारले प्रविधि सुरक्षा र भेडा च्याङग्राको लागि हिमाली भेगमा पकेट क्षेत्र घोषणा गरिदिनुपर्ने माग राखे । उनले पश्मिना उद्योग एवम् व्यवसायका सवालमा सरकारका तीनै तह र मन्त्रालयहरूबिच एकआपसमा समन्वय नभएको पनि बताए । जसले गर्दा किसानहरूसँग भएको कच्चा सामान उतै कुहिएर बसेको पनि बताए । “पश्मिनाका लागि कृषि, पर्यटन, उद्योग, वाणिज्य मन्त्रालयहरूबीच समन्वय नैं हुँदैन । तीन तहका सरकार आफ्नै तरिकाले चलिरहेका छन् । हामीलाई पश्मिना चाहिएको छ तर किसानहरूसँग भएका कच्चा पदार्थ उतै कुहिएर बसेका छन् । यसलाई संयोजन तीन तहका सरकारले गर्नसके आत्मनिर्भर बन्न सक्नेछौँ,” उनले भने । 

    उनले पश्मिना निर्यातको लागि कानूनी अड्चन नभएपनि प्रक्रियागत झन्झट रहेको बताए । अध्यक्ष लामिछानेले भने, “निर्यातको लागि कानूनी अड्चन छैन । सरकारले प्रोत्साहन गरेको छ । तर प्रक्रियागत झन्झट असाध्यै छ । नीतिमा सहजता छैन् । नीतिगत सहजीकरण हुनुपर्यो । भन्सारमा एकदमै समस्या छ  । नीतिगत अवस्था दुःखलाग्दो भएपनि हामी नेपालमा नै केही गर्न चाहन्छौँ र सक्छौँ ।”  

    पश्मिनाको अन्तर्राष्ट्रिय बजारलाई मात्र हेर्न नहुने उनको बुझाइ छ ।  देशका ठमेल, पाटन, भक्तपुर, चितवनको सौराहा, पोखरालगायतका टुरिष्ट बजार साथै तारे होटलहरूमा हुने पश्मिनाका पसलहरूमा पश्मिनाको राम्रो व्यापार हुने गरेको उनले सुनाए । निर्यात तीनचार अर्ब र स्वदेशमै खपत दुई करोडजति रहेकाले पश्मिनाको बजार राम्रो रहेको उनको भनाइ छ । समस्याहरूका बाबजुत पनि पश्मिनाको व्यापार बढ्दोक्रममा रहेको उनले बताए । उनले मुस्ताङ जिल्लालाई केन्द्रबिन्दु बनाएर डोल्पा, मुगु, हुम्ला, जुम्लासम्मको किसानहरूलाई तालिमको व्यवस्था गरेको पनि बताए । उनले थपे, “पश्मिनाको व्यापार बढ्दोक्रममा छ । कोभिडको समयमा एक अर्ब ५४ करोडको डाटा देखिएको थियो भने अहिले तीन चार अर्बको डाटा देखिन्छ । घरेलु व्यापार खासै देखिदैन तर सातआठ अर्बको विदेश नै जान्छ । हामी अब छिट्टै गोल्डेन बर्ष मनाउँछौ भनेर उत्साहित छौँ ।”

    बजारीकरणको लागि अन्तर्राष्ट्रिय बजारका मेलाहरूमा सहभागी हुने पनि उनले बताए । सरकारी तथ्याङ्कले वार्षिक तीन अर्बको पश्मिना निर्यात हुने गरेको देखाए पनि पश्मिना उद्योग संघले भने सात अर्बको हुने गरेको दाबी गरेको छ ।नेपालमा निर्मित पस्मिना विश्वका ५० मुलुकमा निर्यात हुने गरेको छ । च्याङ्ग्राको रौँ पस्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो । यसलाई प्रशोधन गरी पस्मिना उत्पादन हुने गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend