images

२०८३ आश्विन १९ गते

images
images
images

कोरियन भाषा संघ नेपालमा पाण्डे चयन

कोरियन भाषा संघ नेपालमा पाण्डे चयन

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • पोखरा । नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म चलेको प्रथम राष्ट्रिय भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    images
    images

    समिति उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निशान्त), सपराज राइ, सचिवमा योजेन्द्र वाग्ले, सहसचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल छन् भने कोषाध्यक्षमा टंकप्रसाद चयन भएका छन् ।

    संस्थाको कार्यसमिति सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष), जीवनकुमारी राई, सुशिलप्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मण्डलका संयोजक रामचन्द्र लामिछानेले जानकारी दिए ।

    images
    images

    कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता विकास गर्ने, हकहितको संरक्षण गर्ने तथा कोरियन भाषा प्रशिक्षणलाई व्यवस्थित बनाउने उद्देश्यले संस्था स्थापना गरिएको बताइएको छ ।

    अध्यक्षमा चयन भएपछि पाण्डेले सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए । आफ्नो ध्यान सबैको अपनत्व हुने संघको विकास गर्ने प्रतिवद्धता जनाउँदै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।

    कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा दुई सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द्र छन् । राष्ट्रिय भेलाको उद्घाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए ।सो अवसरमा उनले कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend