images

२०८३ आश्विन २१ गते

images
images
images
  • अर्थतन्त्र
  • आइएमई पेमार्फत् विदेशबाट पठाएको रेमिटेन्स प्राप्त...

आइएमई पेमार्फत् विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ५०० रूपैयाँसम्म बोनस

आइएमई पेमार्फत् विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ५०० रूपैयाँसम्म बोनस

images
images
अर्थ समाचार
शुक्रवार, माघ ११ २०८१
अर्थ समाचार
शुक्रवार, माघ ११ २०८१
  • काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रूपैयाँ बोनस प्राप्त गर्न सकिने अवसर  सार्वजनिक गरेको छ ।

    images
    images

    विश्वको जुनकुनै देशमा रहेर कमाएको पैसा आइएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ । 

    आइएमई पेमा रकम प्राप्त गर्दा दश हजारसम्ममा  ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ। त्यस्तै, कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाख सम्ममा क्रमश  १००, २०० र ५०० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिने छ ।

    images
    images

    आफन्तको पैसा आईएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धि मुलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए । 

    कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन्। यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घर सम्मै पुग्ने विश्वासको समेत वद्धि हुने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend