images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • पशुपति क्षेत्रमा भएको बेथिति रोक्न संस्कृतिमन्त्रीलाई...

पशुपति क्षेत्रमा भएको बेथिति रोक्न संस्कृतिमन्त्रीलाई गगन थापाको ध्यानाकर्षण पत्र

पशुपति क्षेत्रमा भएको बेथिति रोक्न संस्कृतिमन्त्रीलाई गगन थापाको ध्यानाकर्षण पत्र

images
images
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य गगन थापाले पशुपति क्षेत्रमा भएका बेथिति सुधार गर्न संस्कृति पर्यटन तथा नागरिक उडयनमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

    images
    images

    क्षेत्रीय हिसाबले काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत नै पर्ने पशुपति क्षेत्रमा यावत बेथिति रहेको भन्दै सांसद कार्यालयमा समेत कयौँ गुनासाहरु आएपछि थापाले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

    स्थानीय र सम्पदा प्रेमीहरूबाट समेत पशुपति क्षेत्रमा भएका व्यथितिको बारेमा यावत गुनासो आएपछि ध्यानाकर्षण पत्र बुझाइएको सांसद कार्यालयका सचिव गोपाल आचार्यले जानकारी दिए । केही दिनको समय हेर्ने र कुनै सुधार नभए कोषविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने  बताए ।

    images
    images

    थापाको नामबाट बुझाइएको ध्यानाकर्षण पत्रमा विगत केही वर्ष देखि भक्तजनको दर्शन सहजीकरणको नाममा मूल गेटदेखि मन्दिर भित्र सम्म फलामको बारको प्रयोग गरिएको, दर्शन गर्न चारै ढोकामा फलामको सिडीको प्रयोग गरिएकोप्रति आपत्ति जनाइएको छ । पत्रमा विश्व सम्पदा सूचीमा समेत सूचीकृत पशुपति क्षेत्रमा विश्व सम्पदाको मापदण्ड विपरीत हुनेगरी राखिएका सामग्री तत्काल हटाउन ध्यानाकर्षण गरिएको छ।

    त्यस्तै, भिभिआईपीको नाममा श्रद्धालुहरूलाई लाइनमा राखेर भिभिआइपीले सिधै दर्शन गर्न पाउने व्यवस्था खारेज गर्न पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ। साथै कोष भित्र विभिन्न कर्मचारी नियुक्त गर्दा स्थानीयलाई बाइपास गर्ने गरिएको भन्दै यस विषयमा समेत ध्यानाकर्षण गरिएको छ।

    यस्ता छन् ध्यानाकर्षण पत्रमा समेटिएका अन्य विषयहरूः

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend