images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • बीपी क्यान्सर अस्पतालका कर्मचारी नक्कली शैक्षिक...

बीपी क्यान्सर अस्पतालका कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

बीपी क्यान्सर अस्पतालका कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट मनसुन नेपाल नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले नेपाललाई दोषी ठहर गरेको हो । 

    images
    images

    उनलाई ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला सुनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस ७ गने विशेष अदातमा मुद्दा दायर गरेका थियो । नेपालले जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि पेस गरेको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली प्रमाणित भएको हो । 

    सो प्रमाणपत्र पेस गरेर उनले बढुवा समेत लिएका थिए । नेपालले ०७८ चैत २१ मा सो प्रमाणपत्र पेस गरी ०७९ असोज २८ मा बढुवा लिएका लिएका थिए । उनले थप चार सय रुपैयाँ अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्तिसमेत बुझाउनुपर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend