images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१...

चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१ प्रतिशत मात्रै उत्तीर्ण

चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१ प्रतिशत मात्रै उत्तीर्ण

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं।नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा अत्यन्त कमजोर देखिएको छ । पुलचोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा दुई दिन सञ्चालित परीक्षाको हिजो बेलुका प्रकाशित नतिजाले दुई तिहाइ बढी परीक्षार्थी अनुत्तीर्ण भएको पाइएको छ । 

    images
    images

    काउन्सिल रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षामा एमबीबीएस र बीडीएसका गरी कुल ८४४ जनाले सहभागिता जनाए पनि उत्तीर्ण सङ्ख्या २६२ जना (३१.०४ प्रतिशत) मात्रै भयो । परीक्षामा सहभागी भएका मध्ये ५६२ जना अनुत्तीर्ण भए ।मेडिकल तर्फ ७७० जनाले परीक्षाका लागि फारम भरे पनि १७ जना अनुपस्थित रहेका थिए । परीक्षामा ७५३ जनाले सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्रै उत्तीर्ण भए । यो समूहमा ७ जनाको नतिजा वीथहेल्डमा रहेको छ ।

    यस्तै बीडीएस तर्फ कुल ९५ जनाले फारम भरे पनि परीक्षामा ४ जना अनुपस्थित रहँदा ९१ जनाले मात्रै सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) मात्रै उत्तीर्ण भएका थिए । लाइसेन्सिङ परीक्षामा अनुत्तीर्णको सङ्ख्या दुई तिहाइ बढी हुँदा मेडिकल तथा डेन्टल कलेजको पढाईको गुणस्तरमा समेत प्रश्न उठ्न थालेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend