काठमाडौं । पोखरा फाइनान्सले प्राप्ति/समाहित, गाभ्ने वा गाभिनका लागि समिति गठन गरेको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त समिति ठगन गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङले बताए ।
उनका अुनसार फाइनान्सले स्वतन्त्र सञ्चालक तिल बहादुर गुरुङको संयोजकत्वमा २ सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्का सदस्य प्रतिक गुरुङ रहेका छन् ।




.gif)





