images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • हवलदार सहित १५ प्रहरी २ महिनादेखि...

हवलदार सहित १५ प्रहरी २ महिनादेखि सम्पर्कविहीन

हवलदार सहित १५ प्रहरी २ महिनादेखि सम्पर्कविहीन

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • नेपाल प्रहरीको एकजना हवलदार सहित १५ जना प्रहरी कर्मचारी २ महिना भन्दा बढी समय देखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    images
    images

    कार्यालयले मंसिर देखि सम्पर्क विहीन रहेका १५ जना प्रहरी कर्मचारीलाई  सम्पर्कमा आउन अनुरोध गरेर बिहीबार सूचना जारी गरेको छ।

    आफूखुशी गैरहाजिर रहनेहरूमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्की, जाजरकोटको इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत सहायक हवलदार चेतन महतारा छन्।

    images
    images

    हवलदार र सहायक हवलदार मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र  प्रहरी कार्यालय सहयोगी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमै कार्यरत प्रहरी जवान रूपक साउद असोजदेखि सम्पर्कविहीन छन्।

    उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक  स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    police-farar-1737594390.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend