images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • रोपाई कुन प्रदेशमा कति भयो ...

रोपाई कुन प्रदेशमा कति भयो ?

रोपाई कुन प्रदेशमा कति भयो ?

images
images
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
  • काठमाडौँ । देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । यो वर्ष १३ लाख ९८ हजार हेक्टर क्षेत्रफल बर्खे धान रोपाई हुने सरकारी अनुमान रहेको मध्ये ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो । 

    images
    images

    सबैभन्दा धेरै रोपाई मधेस प्रदेश हुन्छ । यहाँ ३ लाख ८३ हजार हेक्टर क्षेत्रफलमा जमिनमध्ये २ लाख ३५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

    यस्तै, कोशीको २ लाख ७६ हजार हेक्टर क्षेत्रफलमध्ये १ लाख ७० हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । 

    images
    images

    बाग्मती प्रदेशमा १ लाख ४५ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ७९ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । 

    यस्तै, गण्डकी प्रदेशमा ९६ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ६४ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ । लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने मन्त्रालयको अनुमान छ । यसमध्ये २ लाख ७हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।कर्णाली प्रदेशमा १ लाख ७४ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये १ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । 

    सुदूरपश्चिममा १ लाख ७४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ । यहाँ करिब १ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । 

    यो वर्ष देशभर करिब ६९ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष यो समयावधिमा ५६ प्रतिशत रोपाई सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend