images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सिमेन्टको मूल्य बढाएकोमा यस्तो छ उत्पादकको...

सिमेन्टको मूल्य बढाएकोमा यस्तो छ उत्पादकको जबाफ

सिमेन्टको मूल्य बढाएकोमा यस्तो छ उत्पादकको जबाफ

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं ।  प्रायः हिउदयाममा नियमित विद्युत आपूर्ति नहुँदा सिमेन्टको मूल्य बढ्ने गरेको व्यवसायीहरूले बताएका छन्।संघीय संसदको लेखा समितिमा भइरहेको छलफलमा व्यवसायीहरूले यस्तो बताएका हुन्।

    images
    images

    'विगत १० वर्षदेखिको तथ्यांक हेर्ने हो भने पुस/माघमा प्रायः प्रतिबोरा मूल्य सय रूपैयाँले बढ्ने गर्छ,' सिमेन्ट उत्पादक संघ अध्यक्ष रघुनन्दन मारुले भने, 'अहिले उद्योगमा १२ घन्टासम्मको लोडसेडिङ भइरहेको छ, यसले लागत बढाएको छ। त्यसैले गर्दा सिमेन्टको भाउ पनि यो समय बढेको हो।'

    उनले विद्युत प्रतियुनिट ९ रूपैयाँ पर्ने भए पनि लोढसेडिङमा जेनेरेटर चलाउँदा एक युनिटलाई ४१ रूपैयाँसम्म पर्ने गरेको बताए। यसको कारण एक टन सिमेन्ट उत्पादनमा थप ३७ सय रूपैयाँ लागत बढी परिरहेको उनले जानकारी गराए। बढ्दो लागतको कारण कतिपय सिमेन्ट उद्योग घाटामै देखिन थालेको समेत व्यवसायीहरूले बताएका छन्।

    images
    images

    व्यवसायी विष्णु न्यौपानेले अहिले उधारो नउठेको, कोइला र चुनढुंगा ढुवानीको मूल्य बढेको बताएका छन्। व्यवसायीहरूले उत्पादनको लागत वाणिज्य विभागमा पेस गरेकोले अनुगमन गर्न व्यवसायी ध्रुव थापाले चुनौती दिए।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend