images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकद्वारा कालिदेवी प्राविका विद्यार्थीलाई...

महालक्ष्मी विकास बैंकद्वारा कालिदेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण

महालक्ष्मी विकास बैंकद्वारा कालिदेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको पालुङ शाखाले थाहा नगरपालिका-११, देउराली, मकवानपुरस्थित कालिदेवी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण गरेको छ।

    images
    images

    उक्त विद्यालयमा अध्ययनरत ८३ जना विद्यार्थीहरूमध्ये ५५ जना विपन्न वर्गका विद्यार्थीहरूमा न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरू देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रूपमा असर परेपछि बैंकले सहयोग गरेको हो।पुस २७ गते एक कार्यक्रमका बीच ५५ थान पोलार ज्याकेट वितरण गरिएको बैंकले जनाएको छ।

    बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले विभिन्न्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

    images
    images

    सोही क्रममा बैंकले सर्वोदय परियोजना नामक गैह्र सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहिन कलाकारहरूको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रवर्द्धन गर्न आयोजित ‘सेन्सेसन अनसिन : अदृश्य मोतीहरू’नामक कार्यक्रम सञ्चालन गर्नको निमित्त आर्थिक सहयोग समेत गरेकको छ।यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

    बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend