images

२०८३ आश्विन १७ गते

images
images
images

शिक्षकहरू फेरि काठमाडौँ केन्द्रित आन्दोलनको तयारीमा

शिक्षकहरू फेरि काठमाडौँ केन्द्रित आन्दोलनको तयारीमा

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौँ । विद्यालय शिक्षा विधेयक पारित गराउन दबाब दिने उद्देश्यका साथ शिक्षकहरूले फेरि काठमाडौँ केन्द्रित आन्दोलनको तयारी गरेका छन् । लामो समय बितिसक्दा पनि विद्यालय शिक्षा विधेयकको टुङ्गो लाग्न नसकेको भन्दै शिक्षकहरूले दबाब दिन आन्दोलनको तयारी थालेका हुन् । विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको छ । 

    images
    images

    नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक चाँडो टुङ्गो लगाउन दबाब दिने उद्देश्यले निर्णायक आन्दोलनको तयारी गरेको जनाएको छ । जसअनुसार महासंघले त्यसको पूर्व तयारीका लागि माघ १६ र १७ गते काठमाडौँमा राष्ट्रिय समितिको बैठक आह्वान गरेको छ ।

    शिक्षक, कर्मचारी, विद्यार्थी र विद्यालय मैत्री शिक्षा ऐन जारी गराउन एउटा निर्णायक आन्दोलन गर्नुपर्ने अवस्था आएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

    images
    images

    त्यसका लागि आवश्यक, रणनीति र कार्यक्रम तय गर्न महासंघको राष्ट्रिय समितिको  तेस्रो पूर्ण बैठक आह्वान गरिएको अध्यक्ष सुवेदीले बताए । महासंघले ऐन जारी गराउन दबाब दिने उद्देश्यले आन्दोलनको तयारी गरिरहेको बेला सरकारले अध्यादेश मार्फत निवृत्तभरण कोष ऐन २०७५ संशोधन गरेको थियो । ऐन संशोधन गर्दै सरकारले शिक्षकहरूलाई समेत कोषमा समावेश गर्ने भएको थियो । 

    शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गरेर त्यसपछि उक्त व्यवस्था गर्नुपर्नेमा ऐन नल्याउने मनसायका साथ विधेयक संशोधन गरिएको आरोप लगाएका छन् ।२०७५ सालमा ऐन जारी गर्ने तर, शिक्षकहरूलाई २०८१ सालमा आएर कोषमा समावेश गराउने मनसाय देखिएको भन्दै शिक्षकहरूले त्यसका लागि समेत आन्दोलन गर्नुपर्ने चेतावनी दिएका छन् । यस विषयमा भने शिक्षामन्त्री विद्या भट्टराईले २०८१ पुस २९ गते विधेयक जारी भए देखिको हकमा मात्रै योगदानमा आधारित पेन्सन योजनामा समावेश गरिने प्रस्ट पारेकी छन् । शिक्षकहरूले भने यसलाई समेत आन्दोलन कमजोर पार्ने मनसायले आएको आश्वासन भनेका छन् ।

    सोमबार महासंघका प्रतिनिधिहरूले शिक्षामन्त्रीसँग भेट गरेका थिए । भेटका क्रममा आफूहरू आन्दोलनको तयारीमा रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।राज्यले शिक्षक कर्मचारीका समस्या समाधान गर्न अत्यावश्यक  रहेको  विद्यालय शिक्षा ऐन जारी गर्न विलम्ब गर्नुका साथै शिक्षक विरोधी निर्णयहरू गर्न थालेको भन्दै कडा आन्दोलनको निर्णयमा जाने प्रस्ट पारेका थिए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend