images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • आरएसडीसी लघुवित्तले सार्वजनिक गर्यो दोस्रो त्रैमासको...

आरएसडीसी लघुवित्तले सार्वजनिक गर्यो दोस्रो त्रैमासको विवरण,कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

आरएसडीसी लघुवित्तले सार्वजनिक गर्यो दोस्रो त्रैमासको विवरण,कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। योसँगै संस्था दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक पहिलो कम्पनी बनेको छ।  

    images
    images

    घट्यो कम्पनीको खुद नाफा

    लघुवित्तले सार्वजनिक गरेको दोस्रो त्रैमासको विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थाले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    images
    images

    सञ्चालन मुनाफा पनि गिरावट

    समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ६ करोड ४५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९ करोड ९० लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ३४.६८ प्रतिशतले घटेको छ।

    खुद ब्याज आम्दानी

    अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी भने ८.११ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १२ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको समीक्षा अवधिसम्म घटेर ११ करोड २१ लाख रुपैयाँमा सीमित बनेको छ।

    खराब कर्जा अनुपात

    दोस्रो त्रैमासको रिपोर्टअनुसार  संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.७१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.८२ प्रतिशत थियो।खराब कर्जा मेन्टेन गर्न संस्थाले इम्पेयरमेन्ट चार्जका रुपमा २ करोड ६० लाख ६ रुपैयाँ छुट्याएको छ।

    प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

    यो अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ।  वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर ९.३६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १९.७३६ रुपैयाँ थियो।  पीई रेसियो ७१.६१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३२.२९ रुपैयाँ रहेको छ।

    कर्जा प्रवाह

    समीक्षा अवधिसम्म संस्थाले ६ अर्ब १२ करोड रुपैयाँ सपाटी लिई ६ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ५ अर्ब ३५ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

    चुक्तापुँजी/रिजर्भ/रिटेन्ड अर्निङ

    चुक्तापुँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भमा १७ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १३ करोड ११ लाख रुपैयाँ रहेको छ।अघिल्लो वर्ष रिजर्भमा १६ करोड ४५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend