images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज तीन वटा समितिको बैठक बस्दै,...

आज तीन वटा समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा ?

आज तीन वटा समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा ?

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • संघीय संसद अन्तर्गत आइतबार विभिन्न तीन वटा समितिको बैठक बस्ने तय भएको छ ।

    images
    images

    संघीय संसद सचिवालयका अनुसार आज राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान  १०ः३० बजे सिंहदरबारमा बस्ने छ ।

    बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आव २०७९।०८०) का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    images
    images

    त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा महान्यायाधिवक्ता सँग छलफल गर्ने कार्यसूची  छ ।

    यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend