images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • माछापुच्छ्रे क्यापिटलको ५औं वार्षिकोत्सवको अवसरमा वित्तीय...

माछापुच्छ्रे क्यापिटलको ५औं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटलको ५औं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले हात्तिवन, ललितपूर स्थित लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images

    उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षकलाई शेयर बजारको प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारीताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको हो । 

    क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend