images

२०८३ आश्विन २० गते

images
images
images

काठमाडौं महानगरलाई दुग्ध विकास संस्थानले तिर्‍यो १ करोडभन्दा बढी सम्पत्ति कर

काठमाडौं महानगरलाई दुग्ध विकास संस्थानले तिर्‍यो १ करोडभन्दा बढी सम्पत्ति कर

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं ।  दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ।संस्थानले २०८१ पुस २८ गतेको मूल्याङ्कनअनुसार वडा २६, लैनचौर कार्यालयमा बिहीबार १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो।वडा सचिव केदार रिमालका अनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गा तथा सम्पत्ति करको मूल्याङ्कन गरी यो कर तिर्ने प्रक्रिया पूरा भएको हो।

    images
    images

    महानगरपालिकाले सरकारको स्वामित्वमा रहेका १२ व्यवसायिक संघसंस्थालाई सम्पत्ति कर दाखिला गर्न पत्राचार गरेको थियो। राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार महानगरपालिकाले जारी गरेको राजस्व ऐन २०७५ तथा आर्थिक ऐनहरूले सम्पत्ति करका दर, संकलन प्रक्रिया, र कार्यान्वयनको आधार प्रदान गरेका छन्।

    राजस्व विभागले नियमित कर नतिर्ने करदातालाई बक्यौता कर असुल गर्न कानुनी प्रावधानअनुसार पहल गर्ने जानकारी दिएको छ। ऐनअनुसार, पहिलो चरणमा ३५ दिनको समय तोकी पत्र, इमेल, वा म्यासेजमार्फत कर दाखिला गर्न अनुरोध गरिन्छ। आवश्यक परेमा १० दिन थप्न सकिने व्यवस्था छ।

    images
    images

    त्यसपछि पनि कर दाखिला नगरेमा २१ दिने सार्वजनिक सूचना जारी गरिनेछ। त्यस अवधिमा पनि कर नतिरेमा ७ दिने सूचना टाँस गरी अन्तिम चेतावनी दिइन्छ। यद्यपि, कर नतिर्ने करदाताको भवन वा कार्यालय सिलबन्दी गर्ने प्रावधान रहेको अधिकारीले स्पष्ट पारे।घरजग्गा ऐन २०१९ र स्थानीय स्वायत्त शासन ऐन २०५५ बमोजिम काठमाडौं महानगरले २०४९ सालदेखि सम्पत्ति कर संकलन गर्दै आएको छ। संघीय संरचनामा गएपछि नेपालको संविधानको धारा २७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सम्पत्ति करको अधिकार स्थानीय तहलाई दिएको छ।

    काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा १० अर्ब ६४ करोड ६७ लाख ९१ हजार रुपैयाँ आय भएको थियो। चालु आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको अनुमान गरिएको छ, जसअन्तर्गत माघ ३ गतेसम्म ५ अर्ब ५९ करोड ९८ लाख ९३ हजार २९६ रुपैयाँ संकलन भइसकेको छ।महानगरले करदाताहरूसँग सहकार्य गरी सम्पत्ति करको दायरामा पारदर्शिता र दिगोपनाको सुनिश्चितता गर्ने उद्देश्य राखेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend