images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • दुई लाखसम्मको बीमा दाबी १५ दिन...

दुई लाखसम्मको बीमा दाबी १५ दिन भित्रै भुक्तानी दिन प्राधिकरणको निर्देशन

दुई लाखसम्मको बीमा दाबी १५ दिन भित्रै भुक्तानी दिन प्राधिकरणको निर्देशन

images
images
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
  • काठमाडौं । जीवन र निर्जीवन बीमा कम्पनीहरुले दुई लाख रुपियाँसम्मको दावी भुक्तानी १५ दिन भित्रै गरिसक्नुपर्ने भएको छ । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले आइतबार ‘दावी भुक्तानी मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । पुराना मार्गदर्शनलाई  खारेज गरेर नयाँ मार्गदर्शन ल्याइएको हो ।

    नयाँ व्यवस्थाअनुसार कम्पनीहरुले दुई लाख रुपियाँसम्मको दावीलाई सानो दावीमा बर्गीकरण गर्नुपर्नेछ । त्यसमा न्यूनतम प्रमाण प्राप्त भएको १५ दिन भित्र बिमितलाई दावी भुक्तानी दिइसक्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।  यसअघि सानो दावी भुक्तानी सम्बन्धमा कुनै नीतिगत व्यवस्था र समय सिमा थिएन । अहिले आएर नियामक निकाय प्राधिकरणले सानो बीमाको दावी भुक्तानीलाई सहज बनाएको हो । 

    images
    images

    बाली, पशुपन्छी, कृषि तथा लघु बीमामा भने यस्तो सिमा ५० हजार रुपियाँ तोकिएको छ । यस्ता बीमामा ५० हजार रुपियाँसम्मको दावी भुक्तानीलाई सानो दावीमा बर्गीकरण गर्नुपर्नेछ । त्यसमा न्यूनतम कागजपत्र प्राप्त भएको १५ दिनमा भुक्तानी दिइसक्नपर्ने मागदर्शनमा उल्लेख छ ।

    मार्गर्गदर्शनअनुसार कम्पनीहरुले दावी भुक्तानी सम्बन्धमा छुट्टै कार्यविधि बनाउनुपर्ने हुन्छ । त्यस कार्यविधिमा सानो दावी सम्बन्धमा स्पष्ट व्यवस्था गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । 

    सानो दावी सम्बन्धमा स्पष्ट व्यवस्था नहुँदा बीमितहरुले समयमा दावी पाउन सकेका थिएनन् । तर, अब  न्यूनतम प्रमाण पेस गरेको १५ दिनमै बीमितले सानो रकमको दावी भुक्तानी पाउन सक्ने भएका छन् । 

    कम्पनीहरुले प्रमाणहरु संकलन गर्न वा बीमितलाई सम्पर्क गर्न गरेको पत्राचारको प्रमाण अभिलेख गरी राखु पर्ने पनि मार्गदर्शनमा उल्लेख छ । 

    यस्तै, अब बीमा कम्पनीहरुले प्रादेशिक, शाखा र उपशाखा कार्यालयहरुलाई पनि दावी भुक्तानी गर्ने अधिकार दिनुपर्नेछ । हालसम्म दावी भुक्तानी गर्ने अधिकार केन्द्रीय कार्यालयलाई नै छ । सोहीअनुसार प्रादेशिक, शाखा र उपशाखा कार्यालयले बीमितबाट आएको दावी प्रस्ताव केन्द्रीय कार्यालयमा ‘फरवार्ड’ गर्दै आएका छन् । त्यसपछि केन्द्रीय कार्यालयले नै दावी भुक्तानी सम्बन्धमा आवश्यक निर्णय गर्ने थियो । त्यसपछि बल्ल बीमितले दावी भुक्तानी पाउने थिए । त्यसले गर्दा बीमितले समयमा दावी भुक्तानी पाउन सकेका थिएन । तर, अहिले आएर प्राधिकरणले प्रादेशिक, शाखा र उपशाखा कार्यालयलाई पनि दावी भुक्तानीको अधिकार दिन निर्देशन दिएको हो । यसले बीमितले पहिला भन्दा छिटो दावी भुक्तानी पाउने सम्भावना बढाएको छ । 

    तर, उनीहरुलाई कतिसम्मको दावी भुक्तानी गर्ने अधिकार दिने भनेर सिमा तोकिएको छैन । आवश्यकताका आधारमा कम्पनी आफैले सिमा तोकेर अधिकार बाँडफाँड गर्न सक्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

    ‘बीमकले दाबी भुक्तानी सम्बन्धी अधिकार आवश्यकता अनुसार प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयहरुलाई प्रत्यायोजन गर्नु पर्नेछ,’ मागर्दशनमा भनिएको छ ।

    मार्गदर्शनअनुसार कम्पनीले गर्ने दाबी भुक्तानी सम्बन्धी काम कारवाहीलाई प्रभावकारी रूपमा संचालन गर्न सञ्चालक समितिबाट दाबी भुक्तानी उपसमिति गठन पनि गर्नु पर्नेछ ।

    प्रादेशिक, शाखा र उपशाखा कार्यालयलाई दावी भुक्तानी गर्ने अधिकार दिदाँ बीमितले समयमै दावी भुक्तानी पाउने सम्भावना बढेको छ । पहिला केन्द्रबाट निर्णय गर्दा प्रक्रिया नै लामो हुने गर्दथ्यो । साथै, समय पनि बढी लाग्ने गरेको थियो । प्रादेशिक, शाखा र उपशाखा कार्यालयलाई यस्तो अधिकार दिएपछि बीमितलाई दाबी भुक्तानी पाउन सहज हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend