images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • आजबाट सञ्चालनमा आयो तीन अर्ब...

आजबाट सञ्चालनमा आयो तीन अर्ब रूपैयाँभन्दा बढीको लगानीमा बनेको पाँचतारे होटल 'मर्क्योर'

आजबाट सञ्चालनमा आयो तीन अर्ब रूपैयाँभन्दा बढीको लगानीमा बनेको पाँचतारे होटल 'मर्क्योर'

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । काठमाडौंको सुकेधारामा पाँचतारे 'मर्क्योर होटल' माघ २ गतेबाट सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मर्क्योरको उद्घाटन गरेका हुन्।पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब रूपैयाँ भन्दा बढी लगानीमा यो होटल बनाएका हुन्।

    images
    images

    होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुपअन्तर्गतको मर्क्योर ब्रान्डले गर्नेछ।द मेट्रोपोलिटन होटल प्रालिको व्यवस्थापनमा एकोर ग्रुप नेपालमा पहिलो पटक भि‍त्रिएको बस्नेतले बताए।'यो एसियासँगै युरोप, अमेरिका, अस्ट्रेलिया, चीन लगायत मुलुकमा चर्चित ब्रान्ड हो,' उनले भने, 'यसले समग्र पर्यटन तथा हस्पिटालिटीमा टेवा पुर्‍याउने छ।'

    नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य समेत रहेका बस्नेतका अनुसार सन् १९६७ मा फ्रान्सबाट सुरू भएको मर्क्योर काठमाडौंमा १११ ‍औं शाखाका रूपमा भित्रिएको हो।यसरी विदेशी चर्चित ब्रान्ड नेपाल भित्रिँदा सामान्यतया दुई प्रमुख फाइदा हुने उनी बताउँछन्।एक त निःशुल्क मार्केटिङ हुन्छ। चर्चित ब्रान्ड भएकाले श्वले चिन्छ। अर्को, हामीकहाँ दक्ष जनशक्ति उत्पादन भएर अपग्रेड हुँदै जाने उनले बताए।

    images
    images

    सुकेधारा हाइटमा रहेको यो होटल १२ तले (छत सहित) छ। अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा लगायत धार्मिक स्थल नजिक भएकाले पर्यटकका लागि उपयुक्त हुने बस्नेत बताउँछन्।'यो ठाउँ एकदमै राम्रो छ। होटल बनाउनै भनेर सात वर्षअघि हामीले यो जमिन किनेका थियौं,' उनले भने, 'हामीले यहाँ होटल मात्र बनाएका छैनौं, वरपर सडक र हरियाली पनि बनाएका छौं।'

    होटल अगाडि करिब एक सय ४० मिटर बाटो कालोपत्रे गरेर, पर्खाल लगाएर, हरियाली बनाइएको छ। पाँचतारे होटल वरिपरि पनि राम्रो देखिनुपर्छ भनेर सडक विभाग, वडा कार्यालय र सम्बन्धित निकायहरूबाट स्वीकृति लिएर संरचना बनाएको उनले बताए।बस्नेतले भने, 'अहिले यो बाटो बनेपछि वरपरका स्थानीयबासी निकै खुसी छन्। होटल पनि थप आकर्षक देखिएको छ।'पाँच रोपनी जमिनमा फैलिएको मर्क्योरमा पाँच थरीका रेस्टुरेन्ट र बार छन्।

    पहिलो 'अल डे डाइनिङ' हो जुन चौबीसै घन्टा सञ्चालन हुन्छ। यहाँ स्थानीय र अन्तर्राष्ट्रिय स्वादको खानेकुरा पाइन्छ।दोस्रो हो 'जायका' जहाँ भारतीय परिकारहरू पाइन्छ।तेस्रो 'स्रोपा इटालियानो' इटालियन रेस्टुरेन्ट हो। एक पटकमा २४ जना बसेर खाना मिल्छ। होटलको भुँइतलामा वरिपरि हरियालीले सजाइएको यो रेस्टुरेन्ट बाहिरपट्टि छ।

    चौथौ 'द कोभ' लबीसँगै रहेको बार हो।

    पाँचौंको नाम हो 'शुक्र बार'। यो बार होटलको १२ औं तला अर्थात् छतमा छ। इन्फिनिटी स्विमिङ पुलसँगै रहेको बारबाट काठमाडौं उपत्यका आसपासको दृश्य देखिन्छ। पछिल्लो समय रूफ-टपमा बसेर खाने चलन बढेकाले यो बार छतमा राखिएको बस्नेतले बताए।

    'स्विमिङका पारखीहरू र चियाकफी खाँदै गफगाफका लागि शुक्र बार उपयुक्त हुन्छ,' उनले भने, 'मौसम खुल्दा वरपरको दृश्य पनि राम्रो देखिन्छ।'

    मर्क्योरमा पाँच किसिमका गरी १०४ वटा कोठा छन्; सुपर स्विट, जुनियर स्विट, एक्जुकेटिभ स्विट, स्ट्यान्डर्ड किङ र स्ट्यान्डर्ड क्वीन। हरेक कोठाका सुविधा फरक छन्। यहाँ एक रात बस्ने शुल्क १५ हजार रूपैयाँदेखि सुरू हुन्छ।'हाम्रो होटलमा शारीरिक रूपमा अशक्तहरूका लागि शौचालयदेखि रेस्टुरेन्टसम्म छुट्टै व्यवस्था छ,' बस्नेतले भने, 'सबैखाले पाहुनाका लागि भएकाले विश्वस्तरीय होटल बनाएका हौं।'

    होटलमा चार सय जनाभन्दा बढी मान्छे अटाउने बैंक्वेट हल छ। दुइटा बैठक कोठा, जिम, स्टिम साउना, वेलनेस सेन्टर छ। थप एउटा बैंक्वेट हल, क्यासिनो पनि चलाउने उनको योजना छ।मर्क्योरमा डेढ सय बढीले रोजगारी पाउने बस्नेतले बताए। 'मर्क्योर ब्रान्ड नेपाल आएसँगै युरोपमा काम गरिरहेका थुप्रै नेपालीले फर्केर हाम्रो होटलमा काम गर्न चाहेका छन्,' बस्नेतले भने, 'स्वदेशमै गर्छु भन्नेहरू पनि छन्। खुसी लाग्छ।'

    एबी होल्डिङ्सका अध्यक्ष बस्नेतले हस्पिटालिटीमा पहिलो पटक लगानी गरेका हुन्। हाल उनको परिवारले चलाइरहेको एबी होल्डिङ्सले पर्यटन, कृषि, स्वास्थ्य, ऊर्जा लगायतका परियोजना विकासमा लगानी गर्दै आइरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend