images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • बलेफी हाइड्रोपावरको १८ लाख कित्ता ...

बलेफी हाइड्रोपावरको १८ लाख कित्ता शेयर लिलाम बिक्रीमा

बलेफी हाइड्रोपावरको १८ लाख कित्ता शेयर लिलाम बिक्रीमा

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । बलेफी हाइड्रोपावरको झन्डै १८ लाख कित्ता शेयर लिलामीमा आउने भएको छ।

    images
    images

    कम्पनीको अवितरित १७ लाख ९८ हजार ५६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि लिलामीमा आउने भएको हो। यो कम्पनीले जारी हकप्रदमा बिक्रीमा नभएको शेयर हो।

    कम्पनीले गत मंसिर २७ देखि पुस १७ गतेसम्म चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो।

    images
    images

    कम्पनीले गत पुस २८ गते बिक्री गरिएको हकप्रद शेयर बाँडफाँट गरेको थियो। जसमा रितपूर्वक आवेदन दिएका शेयरधनीहरुलाई १ करोड ६४ लाख ८१ हजार ४४ कित्तामात्रै बाँडफाँट गरिएको थियो।अब बिक्री नभएको बाँकी शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend