images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक,...

रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ ।काठमाडौंस्थित अलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै शाओमीले रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेल सार्वजनिक गरेको हो ।

    images
    images

    यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने  कम्पनीले जनाएको छ ।रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीको दाबी छ । यसमा आईपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ, जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ ।

    ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रङ्गमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँदछ ।२०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६-इन-१ पिक्सेल विनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ ।

    images
    images

    डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडिओ मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ ।५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ, जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् ।गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सनजस्ता एआई विशेषताहरू पनि उपलब्ध छ ।

    रेड्मी नोट १४ मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिनमा उपलब्ध हुनेछ । जुन २४ हजार ९९९ रुपैयाँ (६ /१२८ जीबी) र २७,९९९ रुपैयाँमा (८/२५६ जीबी) किन्न सकिनेछ ।मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा पाइने रेड्मी नोट १४ ५जी  ३० हजार ९९९ रुपैयाँ (८ / २५६ जीबी) र ३५ हजार ९९९ रुपैयाँमा (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ ।यस्तै, रेड्मी नोट १४ प्रो ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा किन्न सकिनेछ । जसको मूल्य ३९ हजार रुपैयाँ ९९९ (८/२५६ जीबी) र ४४ हजार ९९९ रुपैयाँ (१२/५१२ जीबी) छ ।

    र, रेड्मी नोट १४ प्रो+ ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याकमा पाइनेछ । जसको मूल्य ४९ हजार ९९९ रुपैयाँ (८ / २५६ जीबी) र ५४ हजार ९९९ रुपैयाँ (१२/५१२ जीबी) छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend