images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • भारतको प्रयागराजमा महाकुम्भ सुरु :...

भारतको प्रयागराजमा महाकुम्भ सुरु : ६० लाखले गरे स्नान

भारतको प्रयागराजमा महाकुम्भ सुरु : ६० लाखले गरे स्नान

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • प्रयागराज । भारतको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान सुरु भएको हो ।  बिहान ९ः३० बजेसम्म ६० लाख भक्तजनले स्नान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

    images
    images

     आज मात्रै १ करोड भक्तजन आउने अपेक्षा उत्तर प्रदेश सरकारले गरेको छ । भक्तजनमा २० क्विन्टल फूल चढाइनेछ । १४४ वर्षमा दुर्लभ खगोलीय संयोजनमा महाकुम्भ हुन लागेको हो ।

    प्रयागराजमा देशका कुना–कुनाबाट भक्तजन आउने क्रम जारी रहेको छ ।  कुम्भमा स्नान गर्न विदेशी भक्तजनको भीड लागेको छ । स्थानिय प्रशासनका अनुसार जर्मनी, ब्राजिल, रुसलगायत २० देशबाट भक्तजन आइ पुगेका छन् । संगममा हरेक घण्टा २ लाख भक्तजन स्नान गर्ने गरी ब्यवस्था मिलाइएकाे छ ।

    images
    images

     आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन् । संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ । सवारी साधनको प्रवेश बन्द गरिएको छ । भक्तजनहरू बस र रेलवे स्टेशनबाट १०–१२ किलोमिटर पैदल हिँडेर संगम पुगिरहेका छन् । ६० हजार सैनिक सुरक्षा व्यवस्था कायम गर्न खटिएका छन् ।

     साथै, एप्पलका सह संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स महाकुम्भमा पुगेकी छन् । उनले निरञ्जनी अखाडामा अनुष्ठान गरेकी छिन । अब कल्पवास पनि गर्ने छिन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend