images

२०८३ आश्विन १८ गते

images
images
images

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • सुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि एक करोड २३ हजार रुपैयाँ उपलब्ध गराएको छ । प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ ।

    images
    images

    गत आर्थिक वर्ष २०८०–८१ मा कर्णालीका तीन हजार सात ७६ जना दुग्ध उत्पादक किसानलाई उक्त रकम दिइएको थियो । गत आर्थिक वर्षमा प्रदेशभर उत्पादन भएको ३७ लाख ९१ हजार चार सय २९ लिटर दूध उत्पादत भएको थियो । मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ देखि कर्णालीका दूध उत्पादक किसानलाई उत्पादका आधारमा प्रोत्साहन रकम दिने निर्णय गरेअनुसार रकम वितरण हुँदै आएको छ ।

    कर्णालीका दश जिल्लामा दुई प्रकारका मापदण्ड बनाएर अनुदान दिइँदै आएको छ । साविकको कर्णालीका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाका किसानलाई प्रतिलिटर १० रुपैयाँ उपलब्ध हुने गरेको छ ।त्यस्तै साविकको भेरीका जाजरकोट, दैलेख, सुर्खेत र राप्तीका रूकुम पश्चिम, सल्यान किसानलाई प्रतिलिटर पाँच रूपैयाँका दरले अनुदान रकम दिने मापदण्ड बनाइएको छ । सबैभन्दा बढी प्रोत्साहनबापत पाउनेमा सुर्खेत रहेको छ । सुर्खेतमा दुई हजार ४१ किसानलाई २८ लाख ४८ हजार आठ सय ७५ लिटर दूधबापतको ४९ लाख २९ हजार अनुदान उपलब्ध गराएको छ ।

    images
    images

    यस्तै, सल्यानका ६ सय ६१ किसानलाई प्रोत्साहनबापत तेह्र लाख ३४ हजार चार सय ८० रूपैयाँ प्रदान गरिएको छ । गत वर्ष सल्यानमा दुई लाख ६६ हजार आठ सय ९५ लिटर दूध उत्पादन भएको थियो । रूकुम पश्चिमका चार सय ७७ जना किसानले उत्पादन गरेको तीन लाख दुई हजार एक सय ८७ लिटर दूधबापत १५ लाख वितरण गरिएको छ ।जाजरकोटमा ७१ जना किसानलाई चार लाख २२ हजार प्रदान गरिएको छ । जाजरकोटमा गत वर्ष ८४ हजार ४ सय ६ लिटर दूध उत्पादन भएको थियो । दैलेखमा दुई लाख १० हजार पाँच सय ३० लिटर दूध उत्पादन गर्ने चार सय ३४ जना किसानलाई अनुदानबापत दश लाख ५३ हजार प्रदान गरिएको छ ।

    कालीकोटमा ७० हजार लिटर दूध उत्पादन गर्ने एक सय चार जना किसानलाई सात लाख अनुदान पाएका छन् । हुम्लाका आठ जना किसानलाई आठ हजार पाँच सय ३६ लिटर दूधबापत ८५ हजार प्रदान गरिएको छ । मुगु र डोल्पामा अनुदान दिन सात लाख विनियोजन गरिएको भए पनि यी जिल्लामा उत्पादन भएको दूधबारे जानकारी नआएको पशुपक्षी विकास निर्देशनायका कार्यालय प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । यी दुई जिल्लामा दूध डेरी तथा सहकारीले दूध बिक्री गरेको नपाइएपछि त्यहाँको विवरण नआएको उनको भनाइ छ ।

    जुम्लामा दूध डेरी भए पनि किसानलाई रकम उपलब्ध गराउँदा आर्थिक हिनामिना हुने अवस्था आएपछि रकम वितरण नगरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ थापाले जानकारी दिए । चालु आर्थिक वर्षमा यही शीर्षकमा प्रदेश सरकारले एक करोड २७ लाख बजेट व्यवस्थापन गरेको उनले बताए ।कर्णाली प्रदेशभर वार्षिक गत आर्थिक वर्ष २०८०–८१ मा ७१ हजार दुई सय १७ मेट्रिकटन दूध उत्पादन भएको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार दुई लाख १७ हजार पाँच सय ९७ दहुना गाईभैँसीबाट उक्त मात्रामा दूध उत्पादन भएको हो ।

    आर्थिक वर्ष २०८०–८१ को वार्षिक तथ्याङ्कअनुसार प्रदेशभर ६ लाख एक हजार पाँच सय १० गाई रहेकामा एक लाख १० हजार दुई सय २८ गाई दुहुना रहेका थिए । यस्तै, भैँसी र राँगाको सङ्ख्या दुई लाख ९५ हजार दुई सय ५२ रहँदा एक लाख सात हजार तीन सय ६९ भैँसी दुहुना रहेको मन्त्रालयले जनाएको छ ।आर्थिक वर्ष २०८०–८१ मा गाईको दूध उत्पादन २४ हजार सात सय ६० मेट्रिकटन र भैँसीको दूध उत्पादन ४६ हजार पाँच सय ५७ मेट्रिकटन गरी जम्मा ७१ हजार दुई सय १७ मेट्रिकटन दूध उत्पादन भएको छ । कर्णालीमा एक सय ८० मेट्रिकटन दूध आयात गर्दा एक रू करोड ३७ लाख बाहिरिएको छ ।

    कर्णालीमा लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लाबाट दूध आयात हुने गरेको छ । कर्णाली प्रदेशबाट ६ हजार चार सय १५ मेट्रिकटन दूध निर्यात गरेर ४२ करोड ९२ लाख ५० हजार निर्यात भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend