images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • केएमसी, मनमोहन लगायत १० हस्पिटलले चालू...

केएमसी, मनमोहन लगायत १० हस्पिटलले चालू गरे स्वास्थ्य बिमा

केएमसी, मनमोहन लगायत १० हस्पिटलले चालू गरे स्वास्थ्य बिमा

images
images
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • काठमाडौं । साउन १ गते देखि १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बिमाअन्तर्गत सेवा चालू गरेका छन् । दुई आँखा अस्पतालसहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

    images
    images

    स्वास्थ्य बिमा बोर्डसँग भएको सम्झौताअनुसार यी स्वास्थ्य संस्थाले मंगलबारबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएका हुन् । बिमा बोर्डका अनुसार सेवा दिने गरी स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालमा काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौं, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सीतापाइला काठमाडौं, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र किस्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।

    उपत्यका बाहिरका मेडिकल कलेजहरूमा बीएन्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरेनी रूपन्देही र नेपालगञ्ज मेडिकल कलेज बाँके रहेका छन् ।

    images
    images

    यस्तै, मंगलबारबाट स्वास्थ्य बिमा सञ्चालन भएका दुईवटा आँखा अस्पतालहरूमा बिर्ताज्योति आइकेयर प्रालि झापा र दृष्टि आई अस्पताल पोखरा रहेका छन् । सरकारले सरकारी अस्पतालमा मात्र स्वास्थ्य बिमा लागू गर्दा आम नागरिकलाई सास्ती भएको विषयमा विज्ञहरूले दिएको रायसुझावका आधारमा बिमा बोर्डले निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूमा पनि यो आर्थिक वर्षबाट बिमा कार्यक्रमलाई पुनः लागू गरेको जनाएको छ । यसअघि पनि निजी क्षेत्रबाट सञ्चालित तथा विश्वविद्यालय शिक्षण अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको र भुक्तानी समयमा गर्न नसेकेकै कारण अस्पतालहरूले बिमा सम्झौता तोडेको अवस्था रहेको बिमा बोर्डले जनाएको छ ।

    हाल बिमाको भुक्तानी २० प्रतिशत कोपेमेन्ट सिस्टमसँगै सुधार ल्याएकाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याउन धेरै अस्पतालहरूको निवेदन परेको र क्रमशः अवस्थाअनुसार सम्झौता गर्दै कार्यान्वयनमा जाने बिमा बोर्डको लक्ष्य रहेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी गराए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend