images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ...

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

    images
    images

    यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।

    जहा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै: एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सेइ, ब्ल्याक +डेकर, क्रमस्टन, नोथिङ र एप्पल आइफोन लगायतका उत्पादनहरू उपलब्ध छन्।

    images
    images

    आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम संचालन गरिएको छ। दक्ष्य र अनुभवी सेल्सपर्सनबाट यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३०% सम्मको विशेष छुट पाउन सक्नुहुनेछ।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

    नयाँ शाखाहरूमा फ्रि कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नुहुनेछ।नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ । यसमा फ्रि डेलिभरी, फ्रि इन्सटलेसन, अन स्पोट इएमआई, एक्सचेन्ज अफसर, र लियालिटी पोइन्ट्स जस्ता सुविधाहरू पनि समावेश छन्।

    यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको कम्पनीको भनाइ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend