images

२०८३ आश्विन १९ गते

images
images
images

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • जुम्ला । जुम्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुवात हुने भएको छ ।

    images
    images

    आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

    यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ ।

    images
    images

    ‘गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ ।यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ,’ प्रजिअ शाहीले भने ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend