images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • तिब्बतका भूकम्पपीडितलाई नेपाली दुःख निवारण कल्याण...

तिब्बतका भूकम्पपीडितलाई नेपाली दुःख निवारण कल्याण कोषद्वारा ३७ लाख सहयोग

तिब्बतका भूकम्पपीडितलाई नेपाली दुःख निवारण कल्याण कोषद्वारा ३७ लाख सहयोग

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौँ । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याण कोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ ।

    images
    images

    ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गरेका हुन् ।

    ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याण कोष र नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन् । त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend