images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • अर्को साता सार्वजनिक हुँदै हुन्डाईको क्रेटा...

अर्को साता सार्वजनिक हुँदै हुन्डाईको क्रेटा ईभी,कस्ता छन् फिचर ?

अर्को साता सार्वजनिक हुँदै हुन्डाईको क्रेटा ईभी,कस्ता छन् फिचर ?

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । दक्षिण कोरियाली कार निर्माता हुन्डाईको क्रेटा ईभी पहिलो पटक बजारमा आउँदैछ । कम्पनीको एसयूभी क्रेटा ईभी यही १७ जनवरीमा भारत मोबिलिटी एक्स्पोमा आधिकारिक रूपमा सार्वजनिक हुनेछ ।

    images
    images

    आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै भारतमा यसको प्रि-बुकिङ खुला भइसकेको छ । २५ हजार भारु तिरेर त्यहाँका ग्राहकले गाडी प्रि-बुकिङ गर्न सक्छन् । तर क्रेटा ईभीको मूल्य आधिकारिक रूपमा खुलाइएकाे छैन । विभिन्न स्रोतले यसको मूल्य १६ लाखबाट सुरु हुने दाबी गरेका छन् ।

    भारतमा नै क्रेटाका कार ११ लाख भन्दा धेरैले चलाउने गरेको हुन्डाईले जनाएको छ ।  बाहिरी आवरण क्रेटाको इन्धनयुक्त गाडीभन्दा यसमा खासै फरक नभएकाले यसलाई पनि धेरैले मन पराउने अपेक्षा गरिएको छ । कारमा भर्टिकल हेडल्याम्प, एलईडी टेललाइट तथा दुवै छेउमा एलईडी लाइट बार राखिएका छन् । यो गाडी चार भेरियन्टमा बजारमा आउनेछ । जसमा एक्जिक्युटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स भेरियन्ट रहेका छन् । यो कार विभिन्न १० किसिमका कलर भेरियन्टमा पाउन सकिने भारतीय सञ्चारमाध्यमले लेखेका छन् । ८ ओटा मोनोटोन र २ ओटा डुअल-टोन कलरमा यी कार उपलब्ध हुनेछन्, जसमा ३ म्याट फिनिश विकल्प समावेश छन् ।

    images
    images

    कस्ता छन् फिचर ?

    इलेक्ट्रिक एसयूभीमा डुअल-स्क्रिन ड्याशबोर्ड लेआउट, ड्राइभरका लागि १०.२५ इन्च आकारको डिजिटल डिस्प्ले र १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन छ । जसमा ईभी विशेष ग्राफिक्स र मेनुहरू समेत समावेश छन् । यसमा सिङ्गल-पेडल ड्राइभिङ फिचर पनि पाउन सकिनेछ ।अन्य फिचरको कुरा गर्नुपर्दा क्रेटा ईभीमा वायरलेस फोन चार्जर, डुअल-जोन ट्रेम्प्रेचर कन्ट्रोल, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ८ ओटा स्पिकर सहितको बोस साउन्ड सिस्टम, अगाडि तर्फका दुवै सिटमा भेन्टिलेटेड सिट, अटो डिमिङ आईआरभीएम र पानारोमिक सनरुफ पनि यो गाडीमा रहेका छन् । 

    हुन्डाई क्रेटा ईभी दुई ओटा ब्याट्री प्याक अप्सनमा आउनेछ । जसमध्ये इन्ट्री लेभलमा ४२ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ, जसले १३३ बीएचपी पिक पावर जेनेरेट गर्ने बताइएको छ ।त्यस्तै लङ्ग रेन्ज भर्सनमा ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिनेछ, जसमा १६८ बीएचपी पिक पावर रहेको छ ।  एक पटकको फुल चार्जमा ४२ किलोवाट आवर क्षमताको ब्याट्रीले ३९० किलोमिटर र ५१.४ किलोवाट आवर क्षमताको ब्याट्रीले ४७३  किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ । 

    हुन्डाईको दाबीलाई मान्ने हो भने लङ्ग-रेन्ज क्रेटा ईभीले ७.९ सेकेन्डमा ०-१०० किमि प्रति घण्टाको गति समात्न सक्छ । गाडीसँगै ११ किलोवाटको स्मार्ट वाल बक्स चार्जर पाउन सकिने बताइएको छ । जसले सो ईभीलाई चार घण्टामा १० देखि १०० प्रतिशत चार्ज गर्न सक्ने दाबी छ । यस्तै, फास्ट चार्जरको प्रयोग गरेर ५८ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । बाह्य उपकरणहरू पावर गर्न सकिने भेहिकल टु लोड (V2L) प्रविधि पनि यो कारमा राखिएको छ । डिजिटल चाबीका साथै यो कारमा स्मार्टफोन तथा स्मार्टवाचबाटै गाडी लक, अनलक र स्टार्ट गर्न सकिने सुविधा छन् । 

    कारमा इन-कार पेमेन्ट फिचर पनि छ, जसले गाडी चार्ज गर्दाको शुल्क इन्फोटेनमेन्ट स्क्रिनबाटै तिर्ने सुविधा दिन्छ । यसका साथै हुन्डाईको क्रेटा ईभीमा पर्पल एम्बियन्ट लाइटिङ समेत समावेश छ, जब कि यसको इन्जिन भर्सनमा अम्बर थिम दिइएको हुन्छ ।गाडी १७ इन्चको डुअल–टोन एलोय ह्विल तथा टायर घुम्ने क्रममा कम ऊर्जा खपत हुने लो रोलिङ रेजिस्टेन्स (एलआरआर) टायर राखिएका छन् । जसले कारको एरोडाइनामिक्स समेत सुधार्नेछ।

    नेपाल कहिले आउँछ ?

    एसयूभी क्रेटा इभी भारतमा लन्च हुनेवित्तिकै नेपालमा समेत भित्र्याइने बुझिएको छ । नेपालमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फ्रेब्रुअरी महिनामा क्रेटा ईभी सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो समय नेपाली बजारमा चिनियाँ विद्युतीय गाडीहरूले दबदबा नै कायम गरेका छन् । हुन्डाईको क्रेटा ईभीको आगमनले बजारमा चिनियाँ विद्युतीय गाडीलाई कत्तिको टक्कर दिन सक्छ, त्यो भने हेर्न बाँकी नै छ । उसो त  नेपालमा क्रेटाका कोना र आइनिक ५ मोडलका इलेक्ट्रोनिक कारहरू पनि निकै रुचाइएको छ । 

    क्रेटाः आईसीई र ईभीमा कति फरक ? 

    क्रेटा इलेक्ट्रिक क्रेटा आईसीई (इन्जिन) को मोडेलमा आधारित रहेको छ । क्रेटा ईभी र क्रेटा आईसीई दुवैको भित्री बनावटमा पनि लगभग उस्तै उस्तै देखिन्छ । यद्यपि केही सामान्य परिवर्तन भने पाउन सकिन्छ । क्रेटा ईभीमा सेतो र कालो फिनिश फिचर राखिएको छ भने इन्जिनयुक्त क्रेटा सेतो र खैरो थिममा आउँछ । क्रेटा इलेक्ट्रिकमा नयाँ थ्री-स्पोक स्टेयरिङ ह्विल राखिएको छ, जब कि आईसीई भने फोर-स्पोक स्टेयरिङ ह्विलको साथमा आउने गरेको छ । 

    ड्याशबोर्डको डिजाइनको कुरा गर्नुपर्दा क्रेटा ईभी र इन्जिन भएको क्रेटा लगभग उस्तै देखिन्छ । तर अलिक विस्तृतमा नियाल्दा भने यी दुईबीच भिन्नता पाउन सकिन्छ । इन्जिन भएको क्रेटामा हवाईजहाज शैलीको गियर लिभर, दुई ओटा कपहोल्डर, एउटा इलेक्ट्रोनिक पार्किङ ब्रेक, सिट भेन्टिलेसनका लागि बटनहरू र ड्राइभ तथा टेरेन मोड नियन्त्रण गर्ने रोटरी डायल समावेश छन् ।क्रेटा ईभीको कुरा गर्नुपर्दा ड्राइभ मोड डायल, दुई ओटा कप होल्डर र सिट भेन्टिलेसन बटनहरू भएको सरल लेआउट छ ।  

    दुवै मोडेलमा डुअल-इन्टिग्रेटेड डिस्प्ले, एसी र भेन्ट्सका लागि टच-इनेबल कन्ट्रोल प्यानल छ । डिजिटल चाबीका साथै स्मार्टफोन तथा स्मार्टवाचबाटै गाडी लक, अनलक र स्टार्ट गर्न सक्ने सुविधाहरु पनि क्रेटा ईभीमा राखिएका छन् ।क्रेटा ईभीको मूल्य भारतीय बजारमा २२ देखि २६ लाख भारुसम्म हुने अपेक्षा छ । जब कि त्यहाँ क्रेटा आईसीईको मूल्य ११ लाख भारुदेखि सुरु हुन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend