images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क...

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । सीजी डिजिटलले ग्राहकलाई प्रभावकारी र सजिलो प्रयोगका लागि नि:शुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, माइडिया, र ब्याल्याक+डेकरका माइक्रोवेव ओभन किन्दा कुकिङ सम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्ने कम्पनीले जनाएको छ।

    images
    images

    साथै, यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ, जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको लागि अवसर प्रदान गर्नेछ । यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ।सी जी डिजिटलको अनुभवी,प्रशिक्षित,कुशल सेफ बाट यो कक्षा संचालन भैरहेको छ कम्पनीले जनाएको छ ।

    अहिले, इटहरी,बिराटनगर, दमक, बिर्तामोड,झापा,काकडभित्ता, चन्द्रगडी,धरान उर्लाबारी र लहानमा सी जी डिजिटल लगायत एल जी को डिलर हरुमा यो कुकिङ्ग कक्षा २०८१ पौष २५ गते देखि माघ ११ सम्म चलिरहेको छ ।सीजी डिजिटलका सेफ धनबहादुर बस्नेतले भने, ‘हामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ। यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधीको प्रयोगमा सघाउन चाहन्छौं। यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ।’

    images
    images

    प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ। कक्षामा विशेष गरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ भने सुरुमा कक्षामा सिकेर पनि आफुलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend