images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई वटा...

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई वटा उद्योग सञ्चालन

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई वटा उद्योग सञ्चालन

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई वटा उद्योग सञ्चालनमा आएको छ । यो सँगै औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सङ्ख्या एक सय ४६ पुगेको औधोगिाक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । 

    images
    images

    पछिल्लो पटक थ्री–स्टार ग्रुपले रङ्गीन तथा सादा कर्कट पाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बाक्स उत्पादन गर्न सुरू गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । उनका अनुसार औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका ११ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । अधिकांश उद्योगहरू निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ । 

    यस्तै हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन वटा उद्योग माथि कारबाही अघि बढाएको छ । विगत तीन चार वर्ष देखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रा लि माथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाइएको हो। 

    images
    images

    विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटकपटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताए । 

    अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । 

    कूल तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् ।

    यस्तै औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखा लगायतको कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए। 

    कूल जग्गा क्षेत्रफल मध्ये हाल भाडामा दिएको दुई हजार एक सय ७८ रोपनी, खाली जमीन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकास लगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्र भित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा रहेका छन् ।

    औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्र हाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend