images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • त्रिवि केन्द्रीय क्याम्पसमा एक महिनादेखि ताला,...

त्रिवि केन्द्रीय क्याम्पसमा एक महिनादेखि ताला, कामकाज ठप्प

त्रिवि केन्द्रीय क्याम्पसमा एक महिनादेखि ताला, कामकाज ठप्प

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एक महिनादेखि ताला लागेको छ । पार्किङ शुल्कको विषयमा पाँच विद्यार्थी संगठनले २५ मंसिरमा ताला लगाएका थिए ।तर, अहिलेसम्म पनि सहमति भएको छैन । एक महिनादेखि तला लाग्दा दैनिक कामकाज ठप्प भएको छ ।

    images
    images

    ‘शिक्षक कर्मचारीलाई तलब खुवाउने बेला भयो । ताला लागेका कारण दैनिक कामकाज गर्न पाएका छैनौं,’ क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईले भने ।प्रिन्सिपल कार्यालयमा लगाइएको ताला खुलाउने विषयमा छलफल भइरहेको राईले बताए । ‘छलफल गरिरहेका छौं । सहमतिको प्रयास भइरहेको छ,’ उनले भने ।

    त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो दिन पार्किङबाट अपारदर्शी ढंगले शुल्क उठाएको आरोपमा पाँच विद्यार्थी संगठनले ताला लगाएका छन् ।तर, स्ववीयुका पदाधिकारीहरूले आफूहरूले शुल्क नउठाएको दाबी गर्दै आएका छन् । ताला लगाउनेमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैटौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियन रहेका छन् ।

    images
    images

    यही विषयमा स्ववियूको कार्यालय र रजिस्ट्रार कार्यालय अन्तर्गतको सामान्य प्रशासन महाशाखामा पनि ताला लगाइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend